काठमाडौं, १६ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकास एवं शान्तिसुरक्षाको अवस्थाबारे सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसँग छलफल गर्नुका साथै निर्देशन समेत दिएका छन् । प्रधानमन्त्री ओलीले छलफलका क्रममा सडकका खाल्डखुल्डी पुर्ने, सडक संकेत मिलाउने र सडक बत्तिको व्यवस्था मिलाउने निर्देशन दिएका हुन ।
प्रधानमन्त्रीले कलंकी–नागढुंगा र चावहिल–जोरपाटी सडक लगायतका करिडोरलाई उच्च प्राथमिकतामा राखि निर्धारित समय अर्थात भदौ १५ भित्र नै कालोपत्रे गरिसक्न पनि निर्देशन दिएका छन्।
यस्तै, उनले सडकमा अव्यवस्थित पोलहरुलाई एक हप्ताभित्र व्यवस्थित गर्न र सम्भव भएसम्म तारलाई अन्डरग्राउन्ड गर्न पनि सम्बन्धित मन्त्रीलाई निर्देशन दिए। उनले मेलम्चि खानेपानी आयोजनाको पाईप तत्काल बिच्छ्याउन समेत निर्देशन दिएका छन्।
छलफलमा गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ, खानेपानी मन्त्री बीना मगर, सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई र सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा उपस्थित थिए। यस्तै, प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमाल, परराष्ट्रविद् राजन भट्टराई, सम्बन्धित विभागका महानिर्देशक, टेलिकम र काठमाडौं विकास प्राधिकरणका प्रमुख लगायत सहभागी थिए।
पत्र








प्रतिक्रिया दिनुहोस्