ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा मौलाएको यौन कर्मि र यौन धन्दा


एबीसी न्यूज

झापा, १५ साउन । बिर्तामोडको एक होटलबाट पक्राउ परेकी एक २० वर्षिया अविवाहित महिलायुवतीले भर्खरै जिल्ला कारागार झापामा बच्चा जन्माइन ।

प्रहरीले यौन धन्दामा संलग्न भएकी भन्दै उनलाई बिर्तामोडबाट पक्राउ गरि सामाजिक अपराध ऐन अन्तरगत मुद्वा चलाएको थियो । गत चैतमा पक्राउ परेकी उनले जिल्ला अदालतमा पाँच हजार रुपैयाँ बुझाउन नसकेर कारागार चलान भएकी थिइन् ।

जिल्ला कारागार झापामा कैदी जीवन विताई रहेकी उनले भद्रपुर स्थित मेची अञ्चल अस्पतालमा शिशु जन्माएको कारागार प्रमुख यज्ञराज निरौलाले जानकारी दिए । आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेकोले अस्पतालबाट दुवै जनालाई कारागारमा लगिएको निरौलाले जानकारी दिए । चार महिनाअघि गर्भवती अवस्थामै उनी कारागारमा थुना परेकी थिइन् ।

उनि त एक प्रतिनिधि पात्र मात्रै हुन् । उनि जस्ता धेरै युवती देह व्यापारमा संलग्न भएको प्रहरीको तथ्याङ्कले पनि पुष्टि गर्छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा मात्रै करिव एक वर्षमा दुई सय जना देह व्यापारमा संलग्न महिलालाई कारवाही गरेको तथ्याङ्क छ । बिर्तामोडका डीएसपी कृष्ण कोइरालाले आठ महिनामा २ सय जना यौन धन्दामा संलग्न भेटिएकालाई पक्राउ गरि कारवाही गरिएको बताए ।

डीएसपी कोइरालाले भने—‘‘विगत जस्तो पुरै खुलमखुला त अहिले छैन’,तर, होटलमा अहिले पनि युवतीहरुको यौन धन्दामा कमि छैन । होटलमा भेटिएका केटीहरु को हो भनेर सञ्चालकलाई सोध्दा वेटर भनेर जवाफ दिने गरेको पाइएको छ ।’

भारत र नेपाल कै विभिन्न ठाउँबाट युवतीहरु बिर्तामोडलगायतका होटलमा यौन धन्दामा लागेका छन् । कोहि चाँहि डेरा लिएर बस्ने फोन गरेपछि होटलमा आउने गरेका महिलाहरुलाई पक्राउ गरिएको कोइरालाले जानकारी दिए ।

कोइरालाले भने — ‘ एउटै युवतीलाई विभिन्न होटलबाट पाँच पटकसम्म पक्राउ गरि कारवाही गरिएको छ ।’ कानुन फितलो भएकोले सामाजिक अपराध ऐन अन्तरगत मुद्वा चलाए पनि धरौटीमा छोडिने गरेको छ ।

उक्त ऐन अन्तरगत सामान्य ५ हजारदेखि २२ हजार रुपैयाँ धरौटीमा पक्राउ परेपनि छुट्ने गरेको उनको भनाईछ । उनका अनुसार अहिले त होटलमा आउने युवायुवतीको खवर स्थानीयले नै दिन थालेका छन् ।

होटलमा आउने ग्राहकको निगरानी हामीले भन्दापनि स्थानीयले गर्न थालेपछि विगत भन्दा अहिले झापामा यौन धन्दामा कमि आएको कोइरालाको दावी छ । प्रहरीका अनुसार विशेष गरेर होटलमा आउने ग्राहकको युवतीसँग न उमेर मिल्छ, न जोडी मिल्छ, न भाषा, न रुपरंग श्रीमान—श्रीमति, गल्फेण्ड आदी भनेर फुत्किन खोज्ने भारत तथा नेपालका युवायुवती प्रशस्त भेटिइने गरेको छ ।

केही समययता झापाको दमक, बिर्तामोड, भद्रपुर, मेचीनगर, सुरुङगा जस्ता सहरका होटलबाट प्रहरीले बाक्लै रुपमा जोडीहरु नियन्त्रणमा लिइरहेको छ । उनीहरुलाई नियन्त्रणमा लिनुपर्ने कारणबारे प्रहरीले अघि सार्ने तर्क सधैँ समान हुन्छ– ‘अनैतिक गतिविधिमा संलग्न भएकाले नियन्त्रणमा लिएका हौं ।’ यसरी नियन्त्रणमा लिइएका धेरै जसो भारतीय नागरिक हुने गरेका छन् ।

आपसी समझदारीमा यसरी होटलमा यौन आनन्दमा रमाउने कर्म नैतिक हो कि अनैतिक यो अलग्गै बहसको विषय हुनसक्छ । तर, सीमावर्ती भारतीय क्षेत्रमा मदिराको बेचबिखनमा रोक लागेर कडाई हुन थालेपछि नेपाली बजारमा मदिराको मात्रै होइन, देह कारोबार पनि मौलाएको छ । जसमा सबैभन्दा धेरै भारतीय नागरिक नै संलग्न देखिएको छ ।

काँकरभिट्टा प्रहरी प्रमुख डिएसपी टंकप्रसाद भट्टराई भन्छन् ‘भारतीय बजारमा मदिरामा रोक लागेपछि नेपाल आउने, रमाइलो गर्ने अनि देहसुख खोज्नेहरु बढेका छन् । समातिनेमध्ये अधाभन्दा धेरै भारतीय नै हुने गरेका छन् ।’

यद्यपि भारतीय बजारबाट यौन व्यवसायी महिलाहरु भने नआएको प्रहरीको भनाई छ । ‘महिलाको दाँजोमा पुरुषकै संख्या बढी छ’, डिएसपी भट्टराईले थपे ‘उनीहरुलाई सबै व्यवस्थापन नेपाली व्यवसायीले गर्दै आएका छन् ।’

खासगरी झापाको दक्षिणको पूरै सीमा जोडिएको भारतको बिहार राज्यमा मदिरा कारोबारमा कडाई भएको छ । त्यसबेलादेखि नै भारतीय मदिराप्रेमी ग्राहकको गन्तव्य नेपाली बजारहरु बन्न थालेका हुन् । योसँगै देहको कारोबार पनि बढेको प्रहरीको भनाई छ ।

विहार राज्य सरकारले मदिराको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएपछि त्यसका पारखीहरु सीमावर्ती नेपाली बजार धाउने गरेका छन् ।

विहारसँग सिमा जोडिएका झापाका भद्रपुर, चन्द्रगढी, बनियानी, पृथ्वीनगर, केचना, पथरियालगायतका होटल र रेष्टुराँमा मदिराप्रेमीको भीड लाग्ने गरेको छ । विहारमा मदिरा प्रतिबन्ध भएपछि मदिराको ‘तिर्खा’ मेट्न नेपाली बजार आउने ग्राहकको संख्या ह्वात्तै बढेको होटल सञ्चालकहरु बताउँछन् । तर, उनीहरु देह कारोबार भएको भने अस्वीकार गर्छन् ।

झापाका होटल व्यवसायी कर्मा शेर्पा भन्छन् —‘तर, यसको अर्थ देहकै व्यापार पनि बढ्यो भन्ने होइन । यो अनावश्यक आरोप हो ।’ मदिराप्रेमी भारतीयले ठुल्ठुला र सुविधा सम्पन्नभन्दा पनि सामान्य होटल खोज्ने र त्यस्तोमा आएर खाने अनि जाने मात्रै हुने उनले बताए ।

दैनिक मुश्किलले ५—१० जना ग्राहक पस्ने मदिराका होटलमा अचेल भीडभाड लाग्ने गरेको छ । कहिले त व्यवसायीले सोचे अनुसारको कारोवार नै हुदैन थियो । अहिले भने आम्दानीको दायरा समेत बढेको छ ।

सीमापारिबाट हरेक दिन मदिराप्रेमीहरु आफ्नो तिर्सना मेट्न सीमावर्ती नेपाली बजारका होटल र रेष्टुरेन्ट तथा क्यासिनोहरुमा छिर्न थालेपछि ग्राहक पर्खेर बस्ने व्यापारीलाई समेत अहिले भ्याई नभ्याई छ । कति होटलले ग्राहकको माग अनुसारको परिकार थेग्नै नसक्नेसमेत बताएका छन् ।

केही दिन अघि काँकरभिट्टको एउटा क्यासिनोमा मदिरासँगै जुवामा रमाइरहेका ठाकुरगञ्जका श्यामदेव पालले भने—‘हाम्रो विहारमा रक्सी खायो भने पुलिसले मार्छ’‘यतै नेपालतिर आएका बखत खाइयो भने खाइयो विहारमा त नाम समेत लिन पाइदैँन ।’

केही समययता झापाको काँकरभिट्टा, धुलाबारी, चारआली, बिर्तामोड, चन्द्रगढी, भद्रपुर, सुरुङ्गा र दमकसहित केहि ठाउँमा खुलेआम यौन धन्दा फस्टाउँदै आएको छ । प्रहरीले ति होटलहरुमा निगरानी गर्न चासो नदिएको जनगुनासो व्यापक बढ्न थालेको छ । प्रहरी र होटलवालाहरुको मिलेमतो छ की भन्ने शंका पनि स्थानीयले गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com