
काठमाडौ, १५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध आज देशैभरि प्रदर्शन गर्दै छ।
सरकार अधिनयाकवादी बाटोमा अघि बढेको आरोप लगाउँदै कांग्रेसले देशका ७७ वटै जिल्लामा विरोधसभा गर्न लागेको हो।
काठमाडौं उपत्यकासहित सोमबार देशैभर सभा, ¥याली गर्ने कांग्रेसले जनाएको छ।
काठमाडौंमा दिउँसो साढे २ बजे रत्नपार्कमा विरोध कार्यक्रम राखिएको नेपाली कांग्रेस जिल्ला कार्य समिति काठमाडौंले जनाएको छ।
शान्ति बाटिकाबाट ¥याली सुरु गरेर भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार हुँदै फेरि शान्तिबाटीकामै आएर कोणसभा गरिने कांग्रेसले जनाएको छ।
निषेधित क्षेत्र तोकेर नागरिक अधिकारको हनन गरेको, संसदमा सभामुख र उपसभामुख फरक दलका हुनुपर्नेमा एकै दलका रहेका, महँगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको लगायतका आरोप कांग्रेसको छ। नाम राख्न बाँकी पाँचवटा प्रदेशको नाम राख्नुपर्ने र प्रदेश राजधानी तत्काल तोक्न पनि माग गरेको छ ।







प्रतिक्रिया दिनुहोस्