ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अरुको बाजामा हाम्रा मान्छे नाचेका छन् : अर्थमन्त्री डा.खतिवडा


ABC NEWS

काठमाडौं १२ साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको आर्थिक व्यवस्था र सुशासन चुस्त दुरुस्त बनाउन आफू लगि परेको बताएका छन् । एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै डा. खतिवडाले कतिपय सन्दर्भमा अरुले बजाएको बाजामा कुरै नबmुझी हाम्रा मान्छे नाचिरहेको बताए । अर्थमन्त्री खतिवडाले यथार्थ बुझ्न पार्टी कार्यकर्ताहरुलाई समेत आग्रह गरेका छन् ।

असारे विकासको प्रकोप किन रोकिएन भन्ने प्रश्नको जबाफमा यसपटक धेरै हदसम्म रोकिएको बताउदै असारमसान्तमा मात्र भुक्तानी दिने गलत प्रवृत्तिले पनि त्यस्तो देखिएको मन्त्री खतिवडाले स्पष्ट गरे ।
यो एक वर्षमा निर्माण, आयोजना र उद्यममा गरेर ५ लाखबढीलाई रोजगारी सिर्जना गर्ने र रोजगारी दिन नसकेमा सरकारलो क्षतिपूति समेत दिने अर्थमन्त्री खतिवडाले दावी गरे ।

बजेटको विरोध हुनुमा आम रुपमा पुरानै ढर्राको सोचाई र शैली जिम्मेवार रहेको बताउंदै मन्त्री खतिवडालो भने हामी अहिले नयां संरचनामा संघीय, प्रदेश र स्थानीय तहको सकारको बजेटको अवस्थामा छौं । वडमा गरिने काम प्रावि स्कुल वा उपस्वास्थ्य चौकी केन्द्रीय बजेटमा नभएर स्थानीय तहको बजेटबाट गर्ने प्रणालीमा छौं । यो सबै माननीयहरु र नेताहरुले बुझन् आवश्यक छ मन्त्री खतिवडाको अनुरोध छ ।
एक अर्को प्रसंगमा अर्थमन्त्री पपुलिष्ट नएर यथार्थवादी बन्नु पर्ने उनले बताए ।

इन्टरनेटको कर सम्वन्धी विवादमा व्यख्या गर्दै मन्त्री मन्त्री खतिवडाले महालेखा परिक्षकको प्रतिवेदनमा १सय २० करोड रकम इन्टरनेट कम्पनीहरुबाट बदमासी भएको किटानी सहित अर्थमन्त्रालयलाई असुल्न निर्देशन रहेको बताए । इन्टरनेट सम्वन्धी कर जनतालाई नभएर व्यवसायीको नाफामा लागएको मन्त्री खतिवडाले स्पष्ट गरे ।

डा. खतिवडासंगको गरिएको आर्थिक लगानी, पारदर्शीता र अर्थमन्त्रलायले बदमासी गरिरहेका कम्पनीहरुमा माथि गर्नलागेको कारबाहीका विषयको विस्तृत अन्तर्वाता आज राती ९ बजे, आइतबार विहान ८ बजे र दिउंसो २ बजे प्रसारण हुने छ । यो अन्तर्वार्ता youtube.com/abcnewsnepal र facebook.com/abc television nepal मा समेत हर्ने सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com