
भीमदत्तनगर, १२ साउन । भारतको सिमलाबाट मजदुरी गरेर घर फर्किरहेका तीन नेपाली युवक कञ्चनपुरको पश्चिमी नेपाल–भारत सीमा क्षेत्रमा लुटिएका छन् ।
तीन जनालाई बनवासा पुल हुँदै लुटेरा समूहले महाकाली नगरपालिका– १ स्थित बैलबन्द सामुदायिक वन क्षेत्रमा लुटपाट गरी छाडेर गएको इलाका प्रहरी कार्यालय दोधारा चादँनीले जनाएको छ ।
लुटिनेमा कैलालीको लम्कीचुहा नगरपालिका– ९ प्रतावपुरका १६ वर्षीय गौरभ चौधरी, २१ वर्षीय राजेश चौधरी र धनगढी उपमहानगरपालिका– १ का ३२ वर्षीय श्रवण राना रहेका छन् ।
बनबासाबाट सँगै आएका नचिनेका साथीले शारदा ब्यारेबाशारदा ब्यारेबाट जाँदा भारतीय पुलिसले दुःख दिनेभन्दै आफूहरुलाई दोधारा चाँदनीको पुलबाट सजिलो हुने बताएपछि उनीहरुसँगै आएको उहाँले बताउनुभयो ।
अर्धचेत अवस्थामा रहेका तीनै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । ‘बनवासा पुल नजिकै पेयपदार्थ (चिसो) खुवाएर हामीलाई कता लगे थाहा नै पाएनांै ।’ गौरभले भन्नुभयो–“लुटेर समूह तीनजना नेपाली भाषी नै थिए ।” लुटेराहरुले आफूसित रहेको नगद, मोबाइल सेटका साथै अन्य सरसामान लुटेर लगेको उहाँले बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्