चितवन – इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा भएको बस दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ।
प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार मृत्यु हुनेमा ४ पुरुष, २ महिला र १ बालक रहेका छन्। पाँच जनाको घटनास्थलमा तथा दुई जनाको उपचारका लागि अस्पत्ताल लैजाँदा बाटोमै मृत्यु भएको हो।
घाइतेमध्ये ११ जनाको चितवन, पाँचको पोखरा तथा एक जनाको धादिङमा उपचार भइरहेको छ। अहिले घट्नास्थलमा प्रहरीले उद्धार जारी राखेको छ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि त्रिशुलीमा खसेको हो।

(रासस)








प्रतिक्रिया दिनुहोस्