
काठमाडौं,११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट अस्वीकृतहरुको भएकाहरुको चुरीफुरी राम्रो नहुने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुलाई सरकारका काम कारबाहीका बारेमा डटेर कुरा राख्न निर्देशन दिनुभएको हो ।
‘संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरुले अगुवाइ गर्ने नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुपर्यो’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘शीर्ष नेताहरुले सरकार, नीति तथ काकार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नु पर्छ । जसले गर्दा संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ ।’
संसदमा एक दुई जना उभिएका भरमा संसद अवरुद्ध हुन दिनु नुहुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले असोज ३ गते सम्ममा कानुनहरु बनाइ सक्नुपर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसूचीलाई असर गर्ने बताउनुभएको छ । ‘यी सबै काम समयमै सक्नका लागि हाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनु पर्दछ’, प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सरकारले मन्त्रालय विभाजन भन्नुको कुनै तुक नभएको बताउनुभएको छ । ‘संविधानले २५ वटासम्म मन्त्रालय र मन्त्री बनाउन अधिकार दिएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यस कारण आवश्यकताअनुसार मन्त्रालय विभाजन गरिएको हो ।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सक्रियतापूर्वक काम गर्ने बताउनुभएको छ । ‘यस सरकारलाई असफल हुने छुट छैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसलाई असफल हुन पनि दिइँदैन ।’ वर्तमान सरकार बनेपछि बेथिति र भ्रष्टाचार घट्दै गएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कतै भ्रष्टचार भएको थाहा पाउनुभयो भयो भने भन्नुहोस म अनुहार नहेरी कारबाही गर्छु ।’







प्रतिक्रिया दिनुहोस्