
काठमाडौं, १० साउन । सरकारले मन्त्रालयको संख्या थपेको र २२ ओटा बनाएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाए र प्रधानमन्त्री कार्यालयसहित मन्त्रालयको २२ संख्या पुगेको हो।
अब कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण अलग अलग मन्त्रालय हुने सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।
हाल कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल छन् । अब उनलाई कृषि तथा पशुपंक्षी दिइनेछ भने स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ।







प्रतिक्रिया दिनुहोस्