
काठमाडौँ, असार । अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीचको दुई दिनदेखी चलेको वार्ता सहमतिबिनै टुंगिएको छ।
शिक्षा मन्त्रालयका सचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोली र केसी पक्षबीच मंगलबार साझ र बुधवार २ पटक सम्म भएको वार्ता डा. केसी पक्षको टोली मागमा कुनै लचकता नभएकै कारण वार्ता निष्कर्शबिना नै टुंगिएको हो ।
‘डा केसीले उठाएको माग अनुसार चिकित्सा शिक्षा विधेयक अध्यादेश अनुसार जस्ताको तस्तै पारित गर्नुपर्ने कुरामा सरकारी वार्ता टोली सहमत हुन नसेको हो ।
अनशनरत केसीको माग पुरा गर्नका लागि सरकारले शिक्षा सचिव बरालको संयोजकत्वमा वार्ता टोली बनाएको छ । तर सरकार र केसी पक्षबीचको दोस्रो वार्ता पनि बिनासहमति सकिएको छ ।







प्रतिक्रिया दिनुहोस्