
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले टाउकोको मुल्य र ५३ वर्ष जेल सजाय तोक्नेहरुले अहिले देखिनसकेको बताएका छन् । धुम्बाराहीमा प्रेस सेन्टर र प्रेस चौतारी निकट पत्रकारहरुको आन्तरिक प्रशिक्षणमा बोल्दै ओलीले कांग्रेसको नामै नलिइकन भने, ‘ प्रचण्डको टाउकोको मूल्य तोक्ने दलका नेताले प्रचण्डलाई यो ठाउँमा देखि सहन सकेका छैनन् ।’
पार्टी निकट प्रेस चौतारी र प्रेस सेन्टरका अगुवा कार्यकर्ताहरुको भेलामा सरकारका नीति कार्यक्रमहरुको बारेमा दुवै अध्यक्षले सम्बोधन गर्दै कांग्रेस सरकार सञ्चालनको मुख्य बाधकको रुपमा आएको निष्र्कष निकालेका हुन् । आफु निकट संचारकर्मीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली भन्छन्, ‘सत्ताको छाड्नुको छटपटीले कांग्रेसमा हुटहुटी बढेको छ । कांग्रेस निरीह भएर मार्सी चामलको चर्चा गरेर हिंडेको छ ।’
कांग्रेसले झोलामा टाउको ल्याउनु भनेको मान्छेले शासन गरिरहेको भन्दै ओलीले उनै व्यक्तिहरुले शासन सञ्चालन गरिरहेको कांग्रेसका लागि देखिनसक्नु भएको बताएका छन् । तत्कालीन माओवादीका नेताहरुलाई ५३ वर्षको जेल सजाय सुनाएको, फा“सीका लागि मुद्दा चलाएको मान्छे अहिले प्रधानमन्त्री भएको कांग्रेसका लागि सहिनसक्नु भएको ओलीको बुझाइ छ ।
त्यसो त, आजको सन्दर्भमा कांग्रेस एजेण्डाविहीन बनेको छ । एजेण्डाविहीन अवस्थामा अरुको फेरो समातेर विरोधमा उत्रिनु उसको बाध्यता बनेको छ । कांग्रेसले प्रणालीलाई नै असफल बनाउन खोजेको आरोप सत्तापक्षको छ । सामन्ती राजतन्त्र मान्न सक्ने विचार कांग्रेसस“ग रहेको दावी प्रधानमन्त्री ओलीको छ । प्रधानमन्त्री ओलीले ‘सामन्ती राजतन्त्र मान्ने कुरा प्रतिक्रियावादी विचार नभएर के हो ?’ भनी प्रश्न गरेका छन् ।
कांग्रेसको चाहना सरकार अपदस्त गर्न चाहनुलाई सत्तापक्षले अन्यथा मानेको छैन । प्रतिपक्षको चाहना सरकारको आलोचना र विरोध गर्ने मात्र नभई सत्ता हत्याउने पनि हो । तर, प्रधानमन्त्री ओलीले चुनावबाट सरकार अपदस्त गरेर देखाउन चुनौती पनि दिएका छन् ।
पार्टी एकता गरेर राम्रोस“ग खुट्टा टेक्न नपाउ“दै लडाउने षड्यन्त्र अनुरुप वितण्डा मच्चाउन खोजिएको भन्दै नेकपाका अर्का अध्यक्ष प्रचण्डले आफूहरुविरुद्ध कथा बनाएर दिग्भ्रमित पार्ने, बद्नाम गर्ने षड्यन्त्र अनुसार संगठित ढंगले मिडिया प्रयोग गरेको आरोप लगाए । नेपालभित्र कम्युनिस्टले चुनाव जितेको, दुई तिहाईको सरकार बनाएको, आफूहरुले शक्तिशाली कम्युनिस्ट पार्टी एकीकरण गरेको कांग्रेसहरुलाई पटक्कै मन नपरेको प्रचण्ड जिकिर गर्छन् ।
नियोजित रुपमा सरकार, कम्युनिस्ट पार्टी, मूल नेतृत्वविरुद्ध वितण्डासहित मिडियाबाट लडाइ“ शुरु भएको भन्दै प्रचण्डले तलसम्म पार्टी एकीकरण गर्दै सरकार र पार्टीको रक्षाका लागि जनपरिचालन गरिने बताएका छन् । कांग्रेसले भोट दिएर आफूहरुले नजितेको, उनीहरूले चाहेर पार्टी एकता नभएको भन्दै प्रचण्डले विरोधीहरु विभिन्न आवरणमा आउने भन्दै एकतावद्व भएर प्रतिवाद गर्न आव्हानसमेत गरेका छन् ।
डा. गोविन्द केसीको अनसनलाई लिएर नेपाली कांग्रेसले राजनीतिक रुपमा सडक तताउन थालेपछि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड निकै आक्रोशित देखिएका छन् । सरकार बनेदेखि नै कांग्रेसले कम्युनिष्टको सरकारलाई हनिमुन मनाउन समेत नदिने धम्की दिंदै आएको थियो । तर, आफूहरु जनताको पक्षमा काम गर्न सरकारमा गएको भन्दै प्रधानमन्त्री ओलीले आफूहरुलाई हनिमुन नचाहिएको स्पष्ट गरे ।
स्वास्थ्य क्षेत्रस“ग सम्बन्धित विभिन्न माग राख्दै डा. गोविन्द केसीले तीन सातादेखि आमरण अनसन जारी राखेका छन् । यो मागको विषयलाई लिएर अहिले सत्तापक्ष र विपक्ष गरी दुई ध्रुवमा विभाजित छ । अझ नागरिक समाज पनि दुई पक्ष बनेका छन् । प्रतिपक्ष कांग्रेसले पछिल्लो समय डा. केसीलाई राजनीतिक स्वार्थ पूरा गर्ने अस्त्रका रुपमा प्रयोग गर्न थालेका छन् । सत्तापक्षलाई खुइल्याउन डा. केसीको समर्थन गरेको जस्तो गर्दै सडकमा विरोध जनाइरहेका छन् कांग्रेस । सरकारी जागिर खाने र सरकारकै विरोधमा उत्रने काम उचित नभएको सत्तापक्षको भनाइ छ ।
स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील पेशा अपनाएर हड्तालमा उत्रिएको सरकारलाई पटक्कै मन परेको छैन । प्रधानमन्त्री ओली त ‘चिकित्सकले हड्ताल गर्न नमिल्ने’ तर्क गर्छन् । चिकित्सक भएर सिस्टम नै कोल्याप्स पार्छु भन्दै हड्तालमा उत्रनु अशोभनीय कार्य भएको प्रधानमन्त्रीको तर्क छ । शिक्षकले आज पढाउ“दिन भोलि पढाउंछु भन्न सुहाउला भन्ने प्रसंग अघि सार्दै प्रधानमन्त्री ओलीले ‘बिरामी भोलि जा“चौला भन्यो भने बिरामी मर्दैन ?’ भनी प्रश्न गरेका छन् । जनस्वास्थ्यप्रति संवेदशील हुन आग्रह गर्दै प्रधामन्त्री ओलीले डा. केसीले अघि सारेका कामका बारेमा कुरा गर्न सकिने स्पष्ट पारेका छन् ।
डा. केसीलाई प्रयोग गरेर अराजकता मच्चाउन खोजिएको अध्यक्ष प्रचण्डको बुझाई छ । डा. केसीलाई अघि सारेर कांग्रेसले कम्युनिस्ट पार्टीको सरकार र पार्टी एकताविरुद्ध वितण्डा मच्चाउन खोजिएको प्रचण्डको भनाइ छ ।
स्थिर सरकार निर्माण भएको समयमा मुलुकमा कम्युनिष्टले अबका केही बर्ष एकछत्र शासन गर्ने डरले नेपाली कांग्रेस निकै आत्तिएको देखिन्छ । अर्कोतिर नेपालमा सदैव अस्थिर भैरहेमा आफुहरुको प्रभाव कायमै हुन्छ भन्नेहरुले पनि ओली सरकारलाई बदनाम बनाउने हरेक बहाना बनाई रहेको सत्य हो ।







प्रतिक्रिया दिनुहोस्