
काठमाडौं, ८ साउन । कानूनमन्त्री शेरबहादुर तामाङ्गलाई नेपाल कम्युनिस्ट पार्टीको दवाव परेको छ । बंगलादेशमा अध्ययनरत छात्राका बारेमा अश्लील टिप्पणी गरेपछि विवादमा तानिएका तामाङ्गलाई राजीनामा गर्न प्रमुख विपक्ष दल नेपाली कांग्रेसले पनि दवाव दिएको थियो ।
मन्त्री तामाङले आफुले वोलेको कुरा प्रति विज्ञप्ति जारी गर्दै माफी मागे । तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको भन्दै अभिव्यक्तिको बचाउ गरे । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका छन् । तर राजीनामा दिने नदिने उक्त विषयमा कुनै कुरा नभएको मन्त्री तामाङ् बताए । मन्त्री तामाङले दिउँसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।







प्रतिक्रिया दिनुहोस्