ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सानातिना समस्या सहजै हल हुन्छन् : प्रधानमन्त्री ओली


एबीसी न्यूज
श्रावण ८, २०७५ मंगलबार  ७ : १२ बजे

काठमाडौँ, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आउने सानातिना समस्या सहजै हल हुने बताउनुभएको छ ।
छिन्नलता गीत पुरस्कार गुठीले सोमवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले आफूलाई देश बनाउने जिम्मेवारी दिएकाले त्यसलाई इमान्दारिताका साथ पूरा गर्ने बताउनुभयो । “म कुनै पनि काम पर्दा पछाडि गर्दिन”–प्रधानमन्त्री ओलीले भन्नुभयो, “भ्रष्टाचार गर्दिन । कसैलाई गर्न पनि दिन्न र सबै काम पारदर्शी ढंगले गर्छु ।”

‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य जसरी पनि हासिल गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले नेपाली कला र साहित्यको विकासमा सरकार र आफ्नो व्यक्तिगत तर्फबाट सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वरिष्ठ गीतकार रमोला देवी शाह छिन्नलताको ९६ औँ जन्मजयन्तीको अवसरमा आयोजित उक्त समारोहमा छिन्नलता गीत पुरस्कार गुठीले छिन्नलता गीत पुरस्कार–२०७४ बाट गीत रचनातर्फ ज्ञानेन्द्र गदाल तथा संगीत रचनातर्फ वसन्त क्षेत्रीलाई सम्मानित गरेको छ । सो पुरस्कारको राशि जनही रु ५० हजार तथा सम्मानपत्र रहेको छ ।

त्यस्तै गायिका संगीता प्रधान राणालाई पनि सो पुरस्कारबाट सम्मान गरियो । सो पुरस्कारको राशि ५० हजार तथा सम्मानपत्र रहेको छ ।

त्यस्तै राजनराज शिवाकोटी र मेलिना चाम्लिंग राईलाई प्रतीभा पुरस्कार प्रदान गरियो । संयुक्त रुपमा प्रदान गरिएको सो पुरस्कारको राशि क्रमशः रु ३५ हजार तथा सम्मानपत्र रहेको छ ।

त्यस्तै शान्ति ठताल तथा शिवशंकर थापालाई जनही रु ५० हजार राशिको विशेष सम्मान गरियो ।

पुरस्कृत व्यक्तित्वको तर्फबाट गीतकार ज्ञानेन्द्र गदालले गीत संगीतको विकास नभई नेपालको आर्थिक विकास नहुने भएकाले कला, संस्कृति तथा गीतको समग्र विकासका लागि सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

राष्ट्रियसभाका सदस्य कोमल ओली, गुठीका संरक्षक ज्योति राज्यलक्ष्मी शाह सिंहले स्व रमोलादेवी शाह छिन्नलताले गीत संगीतको क्षेत्रमा दिनुभएको अतुलनीय योगदान बिर्सन नसकिने बताउनुभयो । गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीले समारोहको सभापतित्व गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com