काठमाडौँ, ५ साउन । अनसनरत डाक्टर गोविन्द केसीका समर्थकले तीन जना मन्त्रीको गाडीमा तोडफोड गरेका छन् । प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रीहरुको गाडीमा तोडफोड गरिएको हो ।
प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ ३७६३, प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशोर शाहको बा १ झ ७२३४, र गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनको ग १ झ २७६ नम्बरको गाडीमा तोडफोड भएको छ । गाडीको अगाडिको भागको सिसमा क्षती पुगेको छ ।
सातवटै प्रदेशका सामाजिक विकासमन्त्रीको बैठकमा सहभागी हुन आएका उनीहरु नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा गाडी रोकेर बसेकोमा माइतीघरतबाट नयाँ वानेश्वरतर्फ अघि बढेका केसी समर्थक तरुण दलका कार्यकर्ताले ढुंगा प्रहार गरेका हुन् । पछिल्लो समय केसीका पक्षमा गरिएको प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।








प्रतिक्रिया दिनुहोस्