ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा. केसीको कारण टिचिङ हस्पिटलको ४१ करोड गुम्यो


एबीसी न्यूज

काठमाडौँ, ४ साउन । चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनसन बसिरहेका त्रिवि शिक्षण अस्पतलक वरिष्ठ चिकित्सक प्राध्यापक डा.गोविन्द केसीको अन्दोलनबाट त्रिवि शिक्षण अस्पतालले अहिलेसम्म ४१ करोड रुपैयाँ भन्दा बढी रकम गुमाउनु परेको छ ।

नेपाली विद्यार्थीलाई विदेशी मेडिकल कलेजमा पढ्न जान बाध्य बनाउने शैक्षिक माफियाको योजनाअनुसार भर्ना हुने समयमा अनसन बस्ने र सदैव अस्पताल रोज्ने केसीका कारण टिचिङ अस्पतालले ४१ करोड २५ लाख रुपैयाँ आम्दानी गुमाउनु परेको स्रोतको दाबी छ । पन्धौँ अनसन बसिरहेका डाक्टर केसी शुक्रबारबाट पुनः त्रिवि शिक्षण अस्पतालमा अनसन अघि बढाएका छन् । जुम्लामा अनसन बसेका उनको स्वास्थ्य अवस्था कमजोर भएपछि सरकारले बिहीबार काठमाडौँ ल्याएको थियो । वीर अस्पतालमा लिन खोजीएपनि केसीकै रोजाईमा टिचिङ लगिएको हो । उनले टिचिङमै अनसन शुरु गरेका छन् ।

केसीले अहिलेसम्म टिचिङ अस्पतालमा १ सय ६५ दिन अनसन बसेका छन । त्रिवि शिक्षण अस्पतालका अनुसार प्रतिदिन २५ लाखका दरले आम्दानी हुने गरेको छ । यसअनुसार केसीको अन्दोलनबाट ४१ करोड २५ लाख रुपैयाँ गुम्न पुगेको छ । यसमाथि डाक्टर केसीको अनसनका लागि चाहिने खर्चसमेत अस्पतालबाटै उपलब्ध हुने गरेको छ ।

डाक्टर केसीले २०६९ साल असार २१ गतेबाट अनसन शुरु गरेका हुन् । त्यसयता उनले अहिलेसम्म १ सय ८६ दिन अनसन बसेका छन् । जसमध्ये पछिल्लो पटक २० दिन जुम्लामा अनसन बसे । बाँकी १ सय ६५ दिन डाक्टर केसीले त्रिवि शिक्षण अस्पतालमा रोजेका छन ।

अस्पतालमा कुनै प्रकारको आन्दोलन गर्न नपाइने भएपनि डाक्टर केसीले त्रिविको नियम मान्दिन, अनुशासन मन्दिन भन्दै आफू अनसन बस्ने र एप्रोन लगाएर अफ्ना विद्यार्थीलाई अस्पतालभित्र जुलुस लगाउन लगाई बिरामीको स्लाइन थुत्न लगाउनेसम्मको काम गर्दै आएका छन् । अस्पताल स्रोतले दिएको जानकारी अनुसार त्रिविले दैनिक विरामीलाई सेवा दिएबापत्त २५ लाख रुपैयाँ संकलन गर्दै आएको छ । केसीको अनसनले अस्पताल नै धरासायी बन्ने अवस्थामा पुगेको छ ।

‘डाक्टर केसीको आन्दोलन त्रिवि शिक्षण अस्पताललाई निकै महंगो सावित भएको छ, उहाँ आफू अस्पतालको कुनै नियम मान्नुहुन्न, उहाँको आदेश राणाकालिन चन्द्र समशेरको जसरी सबैले मान्नुपर्छ,’ अस्पतालका एक चिकित्सकले भने ।

उनका अनुसार केसीको हाडजोर्नी विभागमा अहिले पनि बिरामीले शल्यक्रियाका लागि कम्तिमा ६ महिना कुर्नुपर्छ । विभागमा काम नगर्ने, अन्य चिकित्सकलाई समेत काम गर्न नदिने भएको कारण हाडजोर्नी विभागका अधिकांश बिरामी महंगो मूल्य तिरेर निजी अस्पतालमा उपचार गर्न बाध्य छन् । जसको कारण टिचिङ अस्पतालले ठूलै आम्दानी गुमाउनु परेको छ ।

‘मेडिकल मफियाको स्वार्थमा डाक्टर केसीले आफ्नै अस्पताल बर्वाद बनाए, उनको समर्थकले एक पटक डाक्टर केसीले सेवा दिने हाडजोर्नी विभाग हेर्दा सबै जानकारी हुन्छ,’ ती चिकित्सकले भने, ‘नेपालका गरिब जनताले स्वास्थ्य सुविधा पाउने अस्पताललाई बर्बाद बनाए ।’

२०६९ आषाढ २१ गते देखि अनसन शुरु गरेका डा. केसीले पहिलो र दोस्रो अनसन डा. बाबुराम भट्टराई, तेस्रो र चौथो अनसन खिलराज रेग्मी, पाँचौ, छैटौं र सातौं अनसन सुशिल कोइराला, आठौं अनसन केपी शर्मा ओली, नवौं र दशौं अनसन पुष्पकमल दाहाल, एघारौं, बाह्रौं, तेह्रौं र चौधौं अनसन शेरबहादुर देउवा गरी सबै प्रधानमन्त्रीको पालामा बसिसकेका छन् ।

विगतमा डा. केसीलाई अनसन बसाएर नेपालमा अस्थिरता सृजना गर्दै नेपालका विद्यार्थीहरुलाई विदेश पठाएर कमिशन खान पल्केका गिरोह आज डा. केसीको माध्यमबाट सत्ता पल्टाउन सकिन्छ कि भनेर चलखेल गर्दैछन् ।  अस्पतालमा कुनै प्रकारको आन्दोलन गर्न पाइदैन तर डाक्टर केसीले किन मिच्दैछन् नियम? अस्पतालभित्र जुलुस लगाउन लगाई बिरामीको स्लाइन थुत्ने डाक्टरको धर्म यहि हो ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com