ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय एकता कायम गर्न सामाजिक सद्भाव कायम राख्नुपर्छ : प्रधानमन्त्री


एबीसी न्यूज

पोखरा,  ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता कायम गर्न सामाजिक सद्भाव कायम राख्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले  गण्डकी प्रदेशसभालाई विशेष सम्बोधन गर्दै भन्नुभयो, “हामीले विकासका प्रयास चौतर्फी रुपमा अघि बढाउनु पर्नेछ, हाम्रोमा विकासका सम्भावना असाधारण छन्, तिनलाई अघि बढाउने इच्छा शक्ति हामीमा हुनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशमा प्रशस्त सम्भावना रहेको भन्दै सो प्रदेश पौराणिक महत्वको, स्रोतको प्रचूर सम्भावना भएको, नेपाल एकीकरणको ऐतिहासिक प्रारम्भिक थलो रहेको बताउनुभयो ।

उहाँले तिब्बतदेखि त्रिवेणीसम्म फैलिएको गण्डकी प्रदेश पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्यका लागि असाधारण सम्भावना बोकेको ठाउँ भएको बताउँदै ती सम्भावनालाई उचित प्रयोग गरेर प्रदेशलाई समृद्ध बनाउने जिम्मा प्रदेश सरकार र स्थानीय तहको भएको बताउनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले संघीय संरचना र प्रदेश सरकारको पहिलो अभ्यास भएकाले सरकार सञ्चालनमा केही असजिलो भए पनि आफ्नो अनुभवले खारिंदै जानुपर्ने बताउनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

“हामी एउटा नौलो अभ्यासमा छौँ, यसअघि हामीसँग प्रदेश सरकार सञ्चालन गरेको अभ्यास थिएन, अब आफ्नै अनुभवबाट सिक्दै यस प्रणालीलाई मजबुद बनाउनु पर्दछ, त्यसका लागि केन्द्रीय सरकारको भरपुर सहयोग रहन्छ”– प्रधानमन्त्रीले भन्नुभयो ।

आधा शताब्दीभन्दा बढी समय लोकतन्त्रका लागि आफूले संघर्ष गरेको सम्झदै प्रधानमन्त्री ओलीले लोकतन्त्रप्रतिको निष्ठामा केही मानिसहरुले शंका गरेको देख्दा आफैँलाई अचम्म लागेको छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com