
बिहीबार बिहानै अस्पताल पुगेका उनीहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरुले गरिरहेकोमा आपत्ति जनाउँदै तत्काल सबै सेवा सञ्चालन गराउन माग गरेका हुन् । बिरामी र बिरामी कुरुवाहरुले बिरामीहरुको जीवन धरापमा पारेर चिकित्सकहरुले पदीय दुरुपयोग गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।
वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न दबाब दिँदै नेपाल चिकित्सक संघको आह्वानमा आजबाट देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएपछि बिरामी र बिरामीका कुरुवाहरुले सास्ती व्यहोर्नु परेको छ । बिरामी कुरुवाहरुले आफ्नो बिरामीको जीवनमाथि खेलवाड गर्ने चिकित्सकहरुले तत्काल क्षतिपूर्ति दिनुपर्ने माग पनि गरेका छन् ।
गोविन्द केसीको माग जायज भएपनि पूर्व मेचीदेखि महाकालीसम्मका उपचारका लागि आएका विरामीहरुलाई उपचार गर्न छोडेर डाक्टरहरुले महाअपराध गरेको सेवाग्राहीहरुको भनाई छ । उनीहरुले विरामीहरुको उपचारमा चिकित्सकहरु नर्फकिए उनीहरुविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।







प्रतिक्रिया दिनुहोस्