
काठमाडौं, ३ साउन । जुम्लामा आमरण अनसनरत डाक्टर गोविन्द केसीका समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका छन् ।
‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ’ अनसनरत डा. केसीसँगै रहेका डा. विषद दाहालले बताए।
केहीबेरमा उनलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिनेछ ।
यसअघि सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । डा. केसीका समर्थकहरुले काठमाडौंबाट गएको टोली र प्रहरीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका डा. केसीसम्म पुग्नै दिएका थिएनन् । स्थानीय प्रशासनले डा. केसीका समर्थकमाथि लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो ।







प्रतिक्रिया दिनुहोस्