
काठमाडौं, ३ साउन । जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागबारे सरकार गम्भीर नभएको भन्दै चिकित्सकहरु १ दिने हडतालमा उत्रेका हुन् ।
यता नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गरेर बिहीबार देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुने जनाएको छ ।
देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्याउन यस्तो कदम चाल्नु परेको चिकित्सक संघको भनाइ छ ।
यसअघि त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले केसीको माग सम्बोधन गर्न आकस्मिकबाहेकका सेवा ठप्प पारेका थिए । अस्पतालजस्तो संवेदशनशील क्षेत्रमा हडताल गरिएको भन्दै कतिपयले आलोचना गरेका छन् ।
चिकित्सक संघ हडतालमा उत्रिए पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट स्वास्थ्यकर्मी भने सहभागी नहुने भएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ र राष्ट्रिय चिकित्सक संघले पत्रकार सम्मेलन गरेर स्वास्थ्य संस्था बन्द गर्ने निर्णयप्रति असहमति जनाएका हुन् ।







प्रतिक्रिया दिनुहोस्