
काठमाडौं, २ साउन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र कुराहरु धेरै भएको भन्दै अब काम गरेर देखाउन उपत्यकाभित्रका प्रहरी निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा मंगलबार काठमाडौं प्रहरी परिसर, महानगरीय अपराध अनुसन्धान महाशाखा, ट्राफिक प्रहरी महाशाखासहित मेट्रोका सिनियर अधिकारीलाई निर्देशन दिँदै खनालले यस्तो निर्देशन दिएका हुन ।
‘तपाईंहरु व्यवसायिकताभित्र रमाउनुस् । जसले राम्रो काम गर्छ, त्यो संगठनको मान्छे हो’, खनालले भने, ‘जसले गलत कार्य गर्छ, त्यो संगठनको सदस्य हुनै सक्दैन ।’ खनालले भने ।‘अब क्यूमा बसेर वृत्ति, विकास भइहाल्छ भनेर ढुक्क हुने दिन गए’, खनालले थपे, ‘वृत्ति विकासका लागि क्षमता देखाउनुस् । व्यवसायिक हुनस्।’
‘अहिलेको उपत्यकाको पुलिसिङको चर्चा भइरहेको छ । तर, यति मात्रै मेरो अपेक्षा होइन’, उनले भने व्यसायिकताका साथ इमान्दार भएर आफ्नो कर्तव्य पालनामा उत्रिन प्रहरी अधिकारीहरुलाई निर्देशन दिए ।
उनले संगठनका अधिकारीहरुको राम्रो कामबाट उत्पन्न हुने अफ्ठ्याराहरुमा आफूले जिम्मेवारी लिने बताउँदै अगाडि बढेपछि खुट्टा कमाएर पछाडि नफर्कन पनि सचेत गराए ।
आफ्नो कार्यक्षेत्र, अधिकार र कर्तव्यभित्र रहने काममा विचलित हुनु जरुरी नभएको उनको भनाइ थियो ।







प्रतिक्रिया दिनुहोस्