ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानको सात दशक : असफल सरकार र सैनिक ‘कु’


admin
भाद्र ४, २०७४ आईतबार  १० : ५६ बजे

काठमाडौं । ब्रिटिस उपनिवेशबाट भारत मुक्त हुनुभन्दा एक दिन अगाडी नै पाकिस्तान छुट्टै मुलुक बनिसको थियो । भारत स्वतन्त्रताको आन्दोलनमा रहेको बेला नयाँ मुलुकको मान्यता पाएको पाकिस्तानको राजनीतिक इतिहास भारतको भन्दा पनि उत्तरचढावयुक्त छ । पाकिस्तान पनि लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसाथ गर्ने मुलुक हो । तर, पाकिस्तान पनि लोकतन्त्रलाई संस्थागत गर्न असफल जस्तै बनेको छ । पटक पटकको सैनिक शासन र असफल सरकारहरुका कारण पाकिस्तानको राजनीतिक इतिहास उत्साहजनक छैन । तर, पनि पाकिस्तानले स्वतन्त्रताको उत्तरचढावमय सात दशक भने पार गरिसकेको छ ।

पाकिस्तानी स्वतन्त्रता भारतभन्दा एक दिन जेठो छ । लामो समय बेलायती उपनिवेशमा रहेको भारत स्वतन्त्र हुने एक दिन अघि नयाँ मुलुकका रुपमा पाकिस्तानको जन्म भयो । १४ अगष्ट १९४७ मा पाकिस्तान भारतबाट छुट्टिएको हो । मुलुकको स्वतन्त्रता र लोकतन्त्रको लडाई लडिरहेको भारतसँग छुट्टिएको पाकिस्तानले नयाँ मुलुकको हैसियतमा स्वतन्त्रता त प्राप्त गर्यो । एउटा नयाँ मुस्लिम मुलुकको हैसियत पनि बनायो तर लोकतन्त्रलाई कहिल्यै संस्थागत गर्न सकेन । पटक पटकको सैनिक शासन र असफल सरकारहरुका कारण पाकिस्तानको राजनीतिक इतिहास उत्साहजनक रहेन ।

पाकिस्तानी स्वतन्त्रताका सेनानी तथा पाकिस्तानका पहिलो प्रधानमन्त्री लियाकत अलि खाँ र सैनिक प्रमुख मोहम्मद अलि जिन्हाले लामो शासन गर्न पाएनन् । सैनिक प्रमुख जिन्हाको १९४८ मा नै मृत्यु भयो भने १९५१ मा नै पहिलो निर्वाचित प्रधानमन्त्री लियाकत अलि खाँलाई अपदस्थ गर्ने असफल प्रयास गरियो । पाकिस्तानको लोकतन्त्र यसपछिका ७० वर्ष सम्म पनि यही नियति भोगिरहेको छ । त्यतिबेला फेरि लोकतन्त्र फर्कियो, जतिबेला पूर्वी पाकिस्तान विभाजनको संघारमा थियो । जुिल्फकर अलि भुट्टो प्रधानमन्त्री भए र सैनिक थुनामा रहेका शेख मुजिबुर रहमानलाई मुक्त गरे । तर उनै मुजिबुर रहमानले पूर्वी पाकिस्तानलाई बंगलादेशका रुपमा छुट्याएर लगे ।

१९७३ मा याँ संविधान जारी गरेर संसदीय लोकतन्त्र फर्काएका जुल्फिकर अलि भुट्टोलाई १९७७ मा फेरि सैनिकले अपदस्थ ग¥यो । पाकिस्तानको लोकतन्त्र अर्को एक दशकका लागि अपहरित भयो । जनरल जियाउल हकले त्यसबेलासम्म शासन गरे, जबसम्म उनी हवाइजजहाज दुर्घटनामा मारिएनन् । पाकिस्तानी स्वतन्त्रता दिवसको तेस्रो दिन १७ अगष्ट १९८८ मा जियाउल हक हवाइ दुर्घटनामा मारिए ।

विपक्षीहरुको हत्या गरेको अभियोगमा भुट्टोलाई फाँसी दिने उच्च अदालतको फैसलालाई सन् १९७९ मा सर्वाेच्च अदालतले सदर ग¥यो । यस अघि जनरल जियाउल हकले भुट्टोका आलोचक मस्ताक हुस्सेनलाई भुट्टो बिरुद्ध छानवीन गर्ने जिम्मेवारी दिएका थिए । मुस्ताककै प्रतिवेदनका आधारमा भुट्टो बिरुद्ध अदालतमा मुद्दा चलाइएको थियो ।

भुट्टोलाई फाँसीको सजायँ दिइएको घटनाले नेपालको राजनीतिलाई पनि तरंगित गर्यो । फाँसी बिरुद्ध नेपालमा रहेको पाकिस्तानी दूतावासमा बिरोधपत्र बुझाउन गएका विद्यार्थीलाई प्रहरीले धरपकड गर्यो । यसको बिरोधमा विद्यार्थीहरु आन्दोलित भए । गोरखापत्र संस्थान र नेपाल वायुसेवा निगममा आगजनीका घटना समेत भए । घटनाले अराजक मोड लिएपछि २०३६ साल जेठ १० गते राजा वीरेन्द्रले निर्दल र बहुदलका बीच जनमत संग्रह घोषणा गरेका थिए ।

जियाउल हकको त्यसबेला हवाइ दुर्घटनामा मृत्यु भयो, जतिबेला संसारभर लोकतन्त्रका पक्षको आन्दोलनको लहर चलेको थियो । हठात पाकिस्तानमा लोकतन्त्र फेरि फर्कियो । १९९० को दशका बिश्वभर आएको लोकतन्त्र अधिकांश मुलुकमा चलिरहेकै छ तर पाकिस्तानमा भने सैनिक बिद्रोह र लोकतन्त्र अझै लुकामारी गरिरहेकै छन् । १९८८ मा आम निर्वाचनबाट निर्वाचित प्रधानमन्त्री बेनजीर भुट्टो दुई वर्षमा नै भ्रष्टाचारको अभियोगमा सत्ताच्यूत गरिइन् । त्यसपछि प्रधानमन्त्री नियुक्त भएका नवाज शरिफ सैनिक दवावमा राजीनामा दिन वाध्य भए पछि बेनजीर फेरि प्रधानमनत्री भइन । यसरी बेनजीर भुट्टोको पाकिस्तान पिपुल्स पार्टी र नवाज शरीफको मुस्लिम लिगको सत्ताको लुकामारी १९९९ सम्म चलिरह्यो ।

१९९९ अक्टोवरमा जनरल परवेज मुसर्रफले सैनिक बिद्रोह गरेर शासन हातमा मात्र लिएनन्, शरीफलाई अपहरण र आतंककारी गतिविधि गरेको अभियोगमा आजीवन कारावासको सजायँ सुनाइयो । प्रवास जाने शर्तमा एक वर्ष पछि रिहा भएका शरीफ साउदी अरेबिया गए । पति आसिफ अलि जर्दारीलाइृ भ्रष्टाचारको अभियोगमा थुनामा राखेपछि बेनजीर भुट्टो १९९९ मा नै बेलायत प्रवासमा गएकी थिइन् ।

२००७ मा प्रधानन्यायधीश इफ्तिखर मोहम्मद चौधरीलाई निलम्वन गरेको घटनाले बिरोधको ठूलो रुप लियो । यही मौका पारेर बेनजीर स्वदेश फर्किएपछि राजनीतिले नयाँ मोड लियो । नवाज शरीफ पनि यही मौकामा स्वदेश फर्किए । त्यसै वर्ष चुनावी र्यालीमा बेनजीरको हत्या भयो । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) र मुस्लिम लिगको गठबन्धन सरकारमा पीपीपीका युसूफ रजा गिलानी प्रधानमन्त्री भए । २००८ अगष्टमा मुसर्रफ राष्ट्रपतिबाट राजीनामा दिन बाध्य भएपछि बेनजीरका पति आसिफ अलि जर्दारी राष्ट्रपति निर्वाचित भए ।

२०१२ जुनमा सर्वाच्च अदालतले प्रधानमन्त्री गिलानीलाई अयोग्य घोषित ग¥यो । एक वर्ष पछि भएको आम निर्वाचनमा मुस्लिम लिगले फेरि विजय पायो र नवाज शरीफ फेरि सत्तामा फर्किए । निरन्तर चार वर्ष प्रधानमन्त्री भएका शरीफलाई सर्वाच्च अदालतको आदेशबाट २०१७ अगष्ट अर्थात यसै महीना भ्रष्टाचारको अभियोगमा पदमुक्त गरिए । आम निर्वाचन हुन एक वर्ष बाँकी हुदा मुस्लिम लिगकै शाहिद खाकन अब्बासी पाकिस्तानको नयाँ प्रधानमन्त्री भएका छन् ।

निर्वाचित र कामचलाउ गरी पाकिस्तानमा अहिले प्रधानमन्त्री भएका अब्बासी २८औं हुन् । सैनिक बिद्रोहको चपेटामा पर्दै गएको पाकिस्तानी राजनीतिमा विस्तारै अदालत हावी हुन थालेको देखिएको छ । भारत र पाकिस्तान विभाजनसँगै शुरु भएको कस्मिर विवाद आज पर्यन्त टुंगिएको छैन ।

भारतस“गको विभाजनपछि पाकिस्तानले पनि धेरै क्षेत्रमा विकासको फड्को मारेको छ । भारत जतिकै आर्थिक क्षेत्रमा क्षेत्रमा शक्ति राष्ट्रको लयमा नरहेपनि पाकिस्तान कमजोर छैन । तर, पाकिस्तानमा पनि राजनीतिक अस्थिरताले नराम्ररी काम गरेको छ । बारम्बारको शैनिक कु पाकिस्तानका लागि सबैभन्दा घातक इतिहास बनेको छ । त्यति मात्र होइन, पाकिस्तानलाई आतंकवादले पनि नराम्ररी सताएको छ ।

पानिकस्तान स्वतन्त्र हैसियतको राष्ट्र त बन्यो । तर, नयाँ राष्ट्रको हैसियत पाएयता नै पाकिस्तान समस्यामा छ । त्यसैले पाकिस्तानले पनि सात दशकको यात्रा तय गरिसके पनि अपेक्षाकृत विकास गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com