ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिका आकर्षित गर्न खाजाको व्यावस्था


bhawani desk

चितवन, ३२ असार । रत्ननगर नगरपालिकाले बालबालिकालाई सरकारी स्कुलमा आकर्षित गराउन शिशु कक्षामा खाजा कार्यक्रम शुरु गरेको छ ।
नगरप्रमुख नारायण वनका अनुसार रत्ननगरका ३२ विद्यालयका ८७७ विद्यार्थी खाजा कार्यक्रममा सरिक भएका छन् ।

उनीहरुलाई प्रतिदिन रु १५ का दरले नगरपालिकाले खाजाका लागि रकम उपलब्ध गराएको छ । अहिलेसम्म खाजा कार्यक्रमका लागि रु १३ लाख ३४ हजार खर्च भइसकेको छ ।

विसं २०७४ पुसबाट शुरु भएको खाजा कार्यक्रम आगामी वर्ष एक हजार बालबालिकालाई रु ३२ लाख बराबरको खाजा खुवाइने उक्त नगरपालिकाको शिक्षा शाखा प्रमुख राजेन्द्रप्रसाद बरालले जानकारी दिनुभयो ।

“अहिले विगतमा भन्दा बालबालिका बढेको देखिन्छ, कक्षा १ मा भर्ना हुने संख्या बढ्यो भने कार्यक्रमले निरन्तरता पाउछ, नत्र बन्द हुन्छ, भनेर सामुदायिक विद्यालयलाई भनिसकिएको छ,” उहाँले भन्नुभयो ।

बालबालिकालाई शिक्षामा आकर्षित गराउनु नै यसको मुख्य लक्ष्य भएको उल्लेख गर्दै शाखा प्रमुख बरालले बताउनुभयो, “अघिल्लो वर्ष सामुदायिक विद्यालयको शिशु कक्षामा ८७७ विद्यार्थी थिए । योवर्ष ९९२ बालबालिका पुग्नु खाजा कार्यक्रमको प्रभाव हो । अब यही अनुपातमा कक्षा १ मा भर्नादर बढ्यो भने खाजा कार्यक्रम प्रभावकारी भएको मान्न सकिन्छ ।”

कतिपय विद्यालयले भने खाजा कार्यक्रम कम भएको गुनासो गरेका छन् । पोषणयुक्त खाजा खुवाउन रकम बढाउनुपर्ने प्रतिक्रिया विद्यालयका प्राचार्यबाट आएको उहाँको भनाइ थियो ।

सरकारले चितवनको विकट चेपाङ गाउँमा अहिले पनि विद्यार्थीलाई आकर्षित गर्न खाजा कार्यक्रम चलाइएको छ । खाजाको बहानामा बालबालिकाको स्कुल नियमित हुनेगर्छ ।

सोहीअनुसार पहाडी इलाका नछोएको रत्ननगर नगरपालिकाले पनि शिशु कक्षामै खाजा कार्यक्रम ल्याएको हो तर सामुदायिक विद्यालयमा खाजा खाएर केही सिकेपछि अभिभावकले निजी स्कुलमा बालबालिका पठाउने समस्या निम्तन सक्ने खतरा देखिएको जिल्ला शिक्षा समन्वय इकाईको रत्ननगर स्रोत केन्द्रका स्रोतव्यक्ति अनिता अधिकारीले आशंका गर्नुभयो ।

रत्ननगरले शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम शुरु गरेको छ । यो वर्ष ३३ वटा विद्यालयका बालविकास केन्द्रमा सिकाइ उपलब्धि बढाउन टेलिभिजन उपलव्ध गराउनुका साथै २१ विद्यालयमा कार्पेन्टिङ र भित्तेलेखन गरिएको छ, केही आधारभूत विद्यालयलाई कप्युटर उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

यस्तै सुकुम्वासीका बालबालिकालाई रु पाँच हजार प्रोत्साहनस्वरुप दिन शुरु गरिएको छ । नगरसभाले नै पारित गरेर रु दुई लाख बजेट छुट्याएको छ । सुत्केरी भएको शिक्षकको ठाउँमा दुई महिनाका लागि सट्टा शिक्षक राख्ने योजनासमेत अघि सारिएको रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगानाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com