रसियामा सम्पन्न विश्वकप २०१८ को फाइनल खेल भइरहेको रंगशालामा अचानक कडा सुरक्षा घेरा तोडेर ४ जना व्यक्ति मैदानमा छिरेका थिए।
मध्यान्तरपछिको केही मिनेटपछिनै कडा सुरक्षा व्यवस्था भएको स्टेडियममा चार जना दर्शक छिरेका थिए। उनीहरूमा
मैदानमा पस्ने मध्ये एक जना महिलाले फ्रान्सेली खेलाडी एमबाप्पेसित भेटसमेत गरेकी थिइन्।
यसैबीच घटनाको जिम्मा पुसी रायट्स नामको एउटा संस्थाले लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्। उक्त संस्थाले फेसबुकबाट घटनाको जिम्मा लिएको थियो।
उसले सबै राजनीतिक बन्दीहरुलाई मुक्त गरिनुपर्ने, र्यालीहरुमा गैरकानुनी गिरफ्तारी हुन नहुने, देशमा राजनीतिक प्रतिस्पर्धा गर्न दिइनुपर्ने, फर्जी आपराधिक आरोप लगाइन नहुने र बिना कारण जेलमा राख्न नहुने लगायतका माग राखेको छ।








प्रतिक्रिया दिनुहोस्