काठमाडौं,३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिको डाँडामा पुगेर कविता सिर्जना गरेका छन् । प्रधानमन्त्री ओलीको कवितामा ‘मरेपछि पनि सपना देख्न पाउँ’ भन्ने रहेको छ । मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको तीनदिने हिमवत कला साहित्य सम्मिलनको अन्तिम दिन कवि कलाकारहरुसँगै केवलकार चढेर चन्द्रागिरि उक्लिएका प्रधानमन्त्री ओलीले कविता रचेका हुन् । कवितामा सपनामा भए पनि लहलह खेतबारी, झपक्क कान्ला र आली देख्न पाउँ भनेका छन् । उनले कवितामा भनेका छन्– चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ ।








प्रतिक्रिया दिनुहोस्