
काठमाडौं,३१ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्प कमल दाहालले जनयुद्धको नाममा गल्ती जो कोहि पनि कारवाहीको दायरामा आएरै छाड्ने बताउनुभएको छ ।
शहिद विष्णु चौलागाईको १५ औं स्मृति दिवसका अवसरमा सुनापति काठमाडौ संघिय जनसम्पर्क मञ्च–रामेछापले आईतबार काठमाडौमा गरेको कार्यक्रममा दाहालले जनयुद्धमा नाममा गल्ती गर्नेहरु लुकेर बस्न नसक्ने भन्दै कुनै न कुनै दिन कारवाहीको दायमा आउने बताउनु भएको हो ।
दुईजनाको अदालत भन्दा ईतिहासको अदालत बलियो हुने भन्दै उहाले चिहान खोतेलेर अपराधीलाई कठघरामा उभिने जिकिर गर्नुभयो । जनयुद्धमा बेला तत्कालीन माओवादी र राज्यले गरेका गल्तीहरु पनि जतिनै ढाकछोप गरेपनि खोतलखातल भएरै छाड्ने उहाको भनाई छ ।
उहाले जनयुद्धमा भएका ऐतिहासिक घटनालाई सधै स्मरण गरिने समेत बताउनुभयो । त्यस्तै अध्यक्ष दाहालले केहि शासन गर्ने वर्गलाई कम्युनिष्ट एकता मन नपरेको भन्दै साना त्रुटिलाई खोतलेर जनतामाझ भ्रम सिर्जना गर्न खोजेको आरोप पनि लगाउनुभयो । उहाले नेकपालाई एकतावद्ध रुपमा अघि बढाउनका लागी भ्रम चिर्दे आफ्नो उदेश्यतर्फ अघि बढ्ने संकल्प पनि गर्नुभयो ।
अध्यक्ष दाहालले अब जनवर्गीय संगठनको एकता गर्दे जनतामाझ गएर समृद्धिको दिशातर्फ अघि बढिने धारणा पनि राख्नुभयो ।







प्रतिक्रिया दिनुहोस्