
काठमाडौँ, ३१ असार । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आरामका लागि सिन्धुपाल्चोकको सुकुटेमा पुगेका छन् ।

दिनहुँको राजनीतिक दौडधुपलाई छल्दै प्रचण्ड आरामका लागि सुकुटे रिसोर्टमा पुगेका हुन् । प्रचण्ड यसअघि पनि तनाव भएपछि त्यहाँ पुग्दै आएका थिए ।श्रीमती सीता, बुहारी एवं खानेपानी मन्त्री विना मगर, र नेताहरु अग्नी सापकोटा र जनार्दन शर्मालाई लिएर उनी सुकुटे पुगेका हुन् । श्रीमती सिता बिरामी रहेकाले पनि उनलाई आराम गराउन र परिवारका साथ रमाइलो गर्न उनी त्यहाँ पुगेको एक स्रोतले बतायो । आज आइतबार काठमाडौँ फर्कने उनीहरुको योजना छ ।







प्रतिक्रिया दिनुहोस्