ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोले तीन घर पुरियो, ३४ घर जोखिममा


एबीसी न्यूज
असार ३१, २०७५ आईतबार  ७ : २१ बजे

नुवाकोट, ३१ असार । गाउँपालिका–१ उर्लेनीको ढाडेमा वर्षासँगै खोलामा आएको बाढी र त्यसको कटानले बगेको पहिरोले शनिबार तीन घर पुरेको छ भने ३४ घर जोखिममा परेका छन् ।
बाढी र पहिरोबाट मानवीय क्षति भएको छैन भने पशु चौपाया पनि सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ ।

अविरल आएको वर्षाको कारण ठूलोखोला र हिमचुली खोलामा आएको बाढीले कटान गरी बस्तीमा पहिरो बगेपछि वीरबहादुर तामाङ, राजकुमार तामाङ र श्यामबहादुर भुलेलको घर पुरिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । खोलामा बाढीको सतह बढेपछि घर छोडेर उनीहरु सुरक्षित स्थानतर्फ लागेको समयमा आएको पहिरोले घर पुरेर त्यहाँ रहेका अन्नबाली, लत्तकपडा भाडावर्तन सबै क्षति भएको जिल्ला प्रहरी प्रमुख कुँवरले जानकारी दिए।

उनको अनुसार पहिरोले घर पुरिँदा भुजेलले सञ्चालन गर्दै आएको किराना पसलमा रहेका रु १५ लाखभन्दा बढीको सामग्री क्षति पुगेको छ भने पुरिएको घरको क्षतिको लगत निकाल्न बाँकी छ ।

पहिरोले डाढे र काल्चेका ३४ घरधुरी परिवार उच्च जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न तयारी भएको गाउँपालिकाको उपाध्यक्ष इश्वरी उप्रेतीले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com