ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत : सात दशक राजनीतिक अस्थिरतामै बित्यो


admin

काठमाडौं ।  आज भन्दा ७० वर्ष अघिसम्म भारत ब्रिटिस साम्राज्यको उपनीवेश थियो । सन १९४७ अगष्ट १५ मा ब्रिटिसले छोडेपछि मात्र भारत स्वतन्त्र भयो । त्यही समयदेखी भारतले अगष्ट १५ लाई स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आएको छ । स्वतन्त्र भारतका सात दशक वितिसके ।

स्वतन्त्रतापछि भारतले आर्थिक विकासको पक्षमा ठूलै प्रगति हासिल गरिसकेको छ । तर, भारतमा राजनीतिक अस्थिरता सधैका लागि समस्याको विषय बनेको छ । ब्रिटिसले एउटा छुट्टै देश पाकिस्तान बनाएपछि मात्र भारत छोड्यो । यस अर्थमा भारत स्वतन्त्र भएदेखी नै अस्थिरताको भूमरीमा छ । भारतलाई सबैभन्दा ठूलो लोकतन्त्रको रुपमा व्याख्या गरिन्छ । तर, स्वतन्त्र भएको सात दशकमा पनि भारतमा पूर्ण लोकतन्त्र वहाली भएको छैन ।

भारत ब्रिटिस साम्राज्यको उपनिवेशबाट स्वतन्त्र भएको सात दशक वितिसक्यो । सन १९४७ मा ब्रिटिसले भारत छोडेको थियो । अर्थात्, ब्रिटिसले भारत छोडेको ७ दशक भइसकेको छ । भारत स्वतन्त्र भएपछिको यो अवधिमा भारतमा धेरै उथलपुथल भएका छन् । आर्थिक पक्षमा राम्रै प्रगति गरेको भारत सबैभन्दा बढी राजनीतिक संक्रमणबाट गुज्रियो ।

यो अवधिमा भारतमा धेरै राजनीतिक उथलपुथल भएका छन् । भारतको राजनीतिक घटनाक्रम डरलाग्दा छन् । प्रधानमन्त्रीको समेत हत्या भएको भारत लोकतन्त्रको सबैभन्दा ठूलो देशको रुपमा स्थापित छ । तर, राजनीतिक अस्थिरताकै कारण भारतमा लोकतन्त्र पूर्ण रुपमा स्थापित हुन नसकेको भनेर आलोचना हुने गरेको छ ।

भारतमा आधा मात्र लोकतन्त्र
भारतलाई संसारकै ‘ठूलो लोकतन्त्र’ भनेर व्याख्या गरिन्छ । भारत आफैले पनि यो दावी गर्छ । तर, भारतीय चर्चित इतिहासकार तथा लेखक रामचन्द्र गुहा भने भारतमा आधा मात्र लोकतन्त्र वहाली रहेको बताउँछन् । इतिहासकार गुहाले केही समय अगाडी भारतको ७०औं स्वतन्त्रता दिवसलाई लक्षित गरेर ‘द टेलिग्राफ’ पत्रिकामा भारतीय लोकतन्त्रबारे लेखेका छन् ।

इतिहासकार गुहाले विश्वकै ठूलो लोकतन्त्र मानिएको भारतलाई फिप्टी–फप्टी डेमोक्रेसीको संत्रा दिएका छन् । इतिहासकार गुहाले एक दशकको अवधिलाई आधार मानेर भनेका छन् : भारतमा १० वर्ष अघि पनि आधा मात्रै लोकतन्त्र थियो, अहिले पनि आधा मात्रै छ । भारतमा स्वतन्त्र रुपमा निर्वाचन भइरहेपनि सार्वजनिक संस्थाहरूमा लोकतान्त्रिक शैली छैन । अदालत, निजामती सेवा, प्रहरी, विद्यालय, अस्पताल र संसद समेत भ्रष्टाचारमा लिप्त छन् । यस अर्थमा भारतमा आधा लोकतन्त्र मात्र छ ।

भ्रष्ट मानसिकताले आधा लोकतन्त्र
आधा लोकतन्त्र देखिनुको कारण भ्रष्ट मानसिकता हो भन्ने गुहाको ठम्याइ छ । इतिहासकार गुहा लेख्छन् : भारत एउटा ठूलो, अत्यधिक जनसंख्या र विविधता भएको देश हो । बितेको दशकमा भारतीयमा लोकतन्त्र कमजोर भएको छ । चुनावहरू स्वतन्त्र र निष्पक्ष नै छन, तर चुनाव र त्यसमा भाग लिनेहरूको खर्च अत्यधिक बढेको छ । धेरै पैसा हुने उम्मेदवार र पार्टीले सहजै चुनाव जित्ने अवस्था बनेको छ । ठूलो संख्यामा सांसद र प्रदेश सभा सदस्यहरू आपराधिक पृष्ठभूमिका छन । …यतिसम्मकि राजनीतिक हस्तक्षेप भारतीय रिजर्व बैंकसम्म पुगिसकेको छ । अदालतहरूमा अत्यधिक बोझ छ, न्यायाधीशहरू सनसनीतर्फ झुकाव राख्छन । आयकर विभाग र केन्द्रीय अनुसन्धान ब्युरोले समेत सत्तारूढ दलहरूको साधनको रूपमा सेवा गर्छन् ।

अधिनायकवादी राजनीति
विश्वको ठूलो लोकतन्त्र देशको लोकतान्त्रिक व्यवहारमै प्रश्न उठ्ने गरेको छ । भारतले आफुलाई सबैभन्दा ठूलो लोकतन्त्रको रुपमा दावी गरे पनि त्यो परिस्थिति छैन । भारतको राजनीति परिवार र व्यक्ति केन्द्रीत छ । इतिहासकार रामचन्द्र गुहा लेख्छन् : राजनीतिक वर्गमा झाँगिइरहेको अधिनायकवादी प्रवृत्तिले भारतको लोकतन्त्र थप कमजोर बनिरहेको छ । कांग्रेस लामो समयदेखि एउटा परिवारबाट सञ्चालित छ । त्रिणमूल कांग्रेस, बिजेपी, जनता दललगायत केही अरु क्षेत्रीय पार्टी एक व्यक्तिबाट सञ्चालित छन ।

भारतका मुख्य राष्ट्रिय पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर बनिरहेको छ । सन १९७० मा इन्दिरा गान्धी र सञ्जय गान्धीले जसरी भारतीय कांग्रेस पार्टीलाई नियन्त्रणमा राखेका थिए, त्यसैगरी अहिले भारतीय जनता पार्टीमा नरेन्द्र मोदी र अमित शाहले नियन्त्रण गरिराखेका छन् । इन्दिरा र सञ्जयले विगतमा स्वतन्त्र मुख्यमन्त्रीलाई जसरी कमजोर पारेका थिए, त्यस्तै मोदी र शाहले ‘उच्चस्तरको कमान्ड’ संस्कृति निर्माण गरिरहेका छन । त्यसले भारतीय लोकतन्त्र कमजोर बनाएको छ ।

भारतमा विभेद अझै बाँकी
भारत स्वतन्त्रतासँगै भारतीय राजनीतिमा अनपेक्षित परिवर्तन आए । तर, सबै भारतीय नागरिकले त्यो परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । भारतीय इतिहासकार रामचन्द्र गुहाकै आलेखलाई आधार मान्ने हो भने भारतमा चरम विभेद छ । उनी लेख्छन् : सामाजिक विभेद हटाउन भारतीय संविधानले छुवाछूतको अन्त्य र पुरुषसरह महिलाको समान अधिकारको वकालत गरेको छ । तर, संविधान लागू भएको साढे ६ दशक बितिसक्दा पनि जातीय र लंैगिक समानताको प्रगति धीमा र थकित अवस्थामा छ ।

भारतमा ‘उच–नीच‘को विभेद गर्ने समाज बाँकी छ । भारतको लोकतन्त्र अमानवीय अभ्यासहरूका कारण विचित्रको भएको छ । दलित र महिला अझै शोषणमा छन् । मुस्लिम र आदिवासीहरू पछिल्लो दशकमा झनै असुरक्षित छन । कट्टर हिन्दुत्वको उग्रताले धार्मिक रूपमा अल्संख्यक मुस्लिमहरूले भारतमा असुरक्षा महसुस गरिरहेका छन । आदिवासीहरूको राजनीतिमा कम प्रतिनिधित्व छ ।

मुस्लिमको भन्दा बढी आर्थिक दुरवस्था छ । बितेको दशकमा राजनीतिक लोकतन्त्रको गुणस्तर घटेको छ । भारत सन् २००७ मा जहाँ थियो, अहिले पनि त्यही छ । यी आधारमा भारतीय इतिहासकार रामचन्द्र गुहाले निष्कर्श निकालेका छन्– त्यसैले भारतलाई फिप्टी–फिप्टी डेमोक्रेसी भन्नुपर्छ ।

स्वतन्त्रतापछि को–को प्रधानमन्त्री भए ?
ब्रिटिसले भारत छोडेपछि पहिलो पटक भारतमा जवाहरलाल नेहरु प्रधानमन्त्री भए । भारतीय राष्ट्रिय कांग्रेसको तर्फबाट प्रधानमन्त्री भएका नेहरुले १९४७ देखी १९६४ सालसम्म १६ वर्ष भारतको साशन सम्हाले । नेहरु पछि भारतीय राष्ट्रिय कांग्रेसकै तर्फबाट लालबहादुर शास्त्रीले १९६४ देखी १९६६ सम्म झण्डै दुई वर्ष प्रधानमन्त्रीको रुपमा भारतको नेतृत्व गरे । त्यसपछि भारतमा गान्धी परिवारको राज सुरु भयो ।

भारतीय राष्ट्रिय कांग्रेसकै तर्फबाट इन्दीरा गान्धीले सन १९६६ देखी १९७७ सम्म ११ वर्ष प्रधानमन्त्रीको रुपमा भारतलाई नेतृत्व गरिन । ११ वर्षको अवधिमा इन्दिरा गान्धी दुई पटक प्रधानमन्त्री भएकी थिइन । इन्दीरा गान्धीपछि भने भारतीय सत्ताको पावर केही समयका लागि जनता पार्टीमा सर्‍यो । जनता पार्टीको तार्फबाट मोरारजी देशाइ १९७७ देखी १९७९ सम्म २ वर्ष प्रधानमन्त्री भए । देशाईपछि पनि जनता पार्टीकै तर्फबाट चरण सिंह थोरै समयका लागि प्रधानमन्त्री भए । उनले प्रधानमन्त्रीको रुपमा १ सय ७० दिन मात्र काम गरे । जनता पार्टीको सत्ता लामो समयसम्म टिक्न सकेन । फेरी इन्दिरा गान्धी ४ वर्षका लागि प्रधानमन्त्री भइन । इन्दिरा गान्धीले तेस्रो पटक प्रधानमन्त्री हुँदा सन १९८० देखी १९८४ सम्म ४ वर्ष काम गरिन ।

इन्रिापछि भारतीय राष्ट्रिय कांग्रेसकै राजीव गान्धी प्रधानमन्त्री भए । सन १९८४ मा प्रधानमन्त्री भएका राजीवले १९८९ सम्म पाँच वर्ष प्रधानमन्त्रीका रुपमा काम गरे । इन्दिरापछि लगतै राजीव प्रधनमन्त्री भए पनि गान्धी परिवारको सत्ता नेतृत्व केही वर्षका लागि रोकियो । राजीव पछि जनता दलका भीपी सिंहले १९८९ देखी १९९० सम्म झण्डै एक वर्ष प्रधानमन्त्रीको रुपमा भारतको नेतृत्व गरे । भीपी सिंह पछि भने समाजवादी जनता पार्टीले सत्ता लियो ।

समाजवादी जनता पार्टीका चन्द्र शेखर प्रधानमन्त्री भए । उनले १९९० देखी १९९१ सम्म एक वर्ष भारतको नेतृत्व गरे । राजीव गान्धीको पालपछि सत्ता बाहिर रहेको भारतीय राष्ट्रिय कांग्रेस फेरी सत्ता उक्लियो । १९९१ मा कांग्रेसबाट प्रधानमन्त्री भएका पीभी नरसिंह रायले १९९६ सम्म ४ वर्षभन्दा बढी भारतको सत्ता सम्हाले । तर, फेरी पनि भारीतय कांग्रेसको सत्ता निरन्तरता भारतीय जनता पार्टीले खोस्यो । भारतीय जनता पार्टीबाट पहिलो पटक अटल बिहारी सन् १९९६ मा प्रधानमन्त्री भए । तर, उनी १६ दिन मात्र प्रधानमन्त्रीका रुपमा रहे । त्यसपछि भने फेरी जनता दल सत्तामा आयो । एचडी देव गोवडा प्रधानमन्त्री भए । उनले १९९६ देखी १९९७ सम्म पुगनपुग एक वर्ष प्रधानमन्त्रीको रुपमा काम गरे । एचडी पछि पनि जनता दलकै सत्ता दोहोरीयो ।

जनता दलकै इन्द्रकुमार गुजराल प्रधानमन्त्री भए । उनले पनि १९९७ देखी १९९८ सम्म पुगनपुग एक वर्ष प्रधानमन्त्रीको रुपमा काम गरे । त्यसपछि फेरी भारतीय जनता पार्टीले सत्ता लियो । भाजपाका अटल विहारी भाजपाई दोस्रो पटक १९९८ देखी २००४ सम्म ६ वर्ष प्रधानमन्त्री भए । त्यसपछि फेरी भारतीय राष्ट्रिय कांग्रेसले सत्ता लियो । भारतीय कांग्रेसका मनमोहन सिंह प्रधनमन्त्री भए । मनमोहनले २००४ देखी २०१४ सम्म १० वर्ष लामो शासन सम्हाले । तर, सन २०१४ मा भने फेरी पनि कांग्रेसको सत्ता निरन्तरतामा ब्रेक लाग्यो । सन २०१४ पछि भारतीय जनता पार्टी सत्तामा आएको छ । भाजपाका नरेन्द्र मोदी अहिले भारतीय प्रधानमन्त्री छन् ।

स्वतन्त्रतापछि भारतको राजनीतिक घटनाक्रम हेर्दा अनेकौ उतारचढाप देखिन्छ । मुलत: भारतीय राजनीतिक पारिवारीक परिवेशमै घुमिरहेको छ । एउटै परिवार र एउटै दलले निरन्तर सत्ताको उपभोग गर्नुले भारतमा विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र भएको मुलुलक भनिएता पनि विश्व मानचित्रले त्यो स्वीकार्न सकेका छैनन् । र, भारतीय राजनीतिक चरित्र सात दशकसम्म पनि उस्तैछ ।

ब्रिटिसको उपनिवेशबाट मुक्ति पाएको भारतले सात दशकको अवधिमा सफलता र असहजता उत्तिकै अनुभूत गरेको छ । भारतीय राजनीति कुनै न कुनै रुपमा संकटमै गुज्रिरहेको हुन्छ । स्वतन्त्रतापछिको सात दशकलाई हेर्दा भारत विश्व शक्तिको लयमा छ । तर ब्रिटिस साम्राज्यको स्कुलिङबाट सुरु भएको भारतीय राजनीति अहंम् र ठालू प्रवृत्तिबाट बाहिरिन सकेको छैन । छिमेकी साना देशसँग सम्मानजनक सम्बन्ध विकास गर्न भारतीय राजनीतिज्ञ तयार छैनन् । त्यसैले पनि भारत पूर्ण लोकतान्त्रिक मुलुक भइनसकेको आरोप लाग्नु स्वाभाविक हो ।

fallow on twitter Milan Limbu

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com