
काठमाडौं, ३० असार । ऊर्जामन्त्री वर्षमान पुनले सरकार अधिनायकवादी बनेको भन्नु तर्क संगत नभएको बताउनुभएको छ ।
एबीसी टेलिभिजको विषेश कार्यक्रम आउटलुकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सरकार जनताको सेवा प्रवाहका लागि निरन्तर काम गरिरहेको बताउनुभयो ।
उहाँले मुलुक राजनीतिक स्थिरतासँगै अघि बढेको बताउँदै अब सरकार बिस्तारै आर्थिक विकास र सुशासनको पक्षमा काम गरिहरको दावी गर्नुभयो । मन्त्री पुनले नेपाली जनताको जीवन उकृष्ट बनाउने अहिलेको सरकारको प्रमुख जिम्मेवारी रहेको भन्दै अब बिगतमा जस्तै जसले जे गरेपछि हुन्छ भन्ने संस्कारको अन्त्य गर्न खोज्नु अधिनायकवाद नभएको जिकिर गर्नुभयो ।
मन्त्री पुनले अहिलेको सरकार जिम्मेवारी वहनका साथ दुई तिहाई बहुमत प्रँप्त सरकार भएकाले लगानीकर्ताले समेत ढुक्क भएर काम गर्ने वातावरण समेत बन्दै गएको बताउनुभयो । अहिलेको सरकार सिस्टममै चलिरहेकाले नागरिकले आफ्नो दायित्व समेत निर्वाहले गर्नु पर्ने उहाको भनाइ छ ।
मन्त्री पुनसंगको विषेश अन्तर्वार्ता आज राति ९ बजे एबीसी न्युज टेलिभिजको कार्यक्रम आउट लुकमा हेर्न सक्नु हुनेछ । भोलि आइतवार विहान सात बजे पुन प्रशारण हुने छ ।







प्रतिक्रिया दिनुहोस्