
काठमाडौं, २९ असार । खानेपानी मन्त्री बीना मगरको निर्देशनमा आज शुक्रवार भक्तपुरका बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी वितरण गरिएको छ ।
बुधबार रातिदेखि भएको अविरल वर्षासँगै आएको बाढीले विशेष गरी भक्तपुरका मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका क्षेत्रका जगाती, बाराही स्थान सृजनानगर राधेराधेसहित दक्षिण क्षेत्र डुबानमा परेपछि खानेपानी मन्त्री मगरको निर्देशनमा शुक्रबार काठमााडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले ट्यांकरमार्फत प्रभावित क्षेत्रमा खानेपानी वितरण गरेको हो ।
दुई सिफ्टमा गरी केयुकेएलका ४० वटा ट्यांकरले प्रभावित क्षेत्रका टोल–टोलमा खानेपानी वितरण गरेको खानेपानी गरिएको हो । मन्त्री मगरले डुबानबारे जानकारी पाउन साथ बसेका माताहातका निकायलाई प्रभावित क्षेत्रमा स्वच्छ खानेपानीको व्यवस्था गर्न निर्देशन दिएकी थिइन् ।
खानेपानी शुद्धिकरणका लागि खानेपानी मन्त्रालयले बिहीबार नै पियूष, क्लोरिन लगायतका सामग्री प्रभावित क्षेत्रमा पुर्याएको थियो ।
शुक्रबारबाट खानेपानी वितरण शुरु गरिएको मन्त्रीका स्वकिय सचिवले जानकारी दिए । साथै पानी वितरणको काम प्रभावित क्षेत्रका अवस्था सामान्य नभएसम्म जारी रहने बताइएको छ । सरकारले ट्यांकर टोलटोलमा पठाएर खानेपानी वितरण गरेपछि प्रभावित क्षेत्रका बासिन्दाले खुशी व्यक्त गरेका छन् । उनीहरुले सरकारी निकायबाट बाढी प्रभावित क्षेत्रमा यति छिटो खानेपानी वितरण गरेको पहिलोपटक भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका हुन ।








प्रतिक्रिया दिनुहोस्