
काठमाडौं २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कडाईका साथ सुशासन र तिव्रताका साथ बिकासको बाटोमा सरकार अघि बढ्ने बताउनुभएको छ ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको तीनदिने हिमवत्खण्ड कला साहित्य सम्मेलनको शुक्रबार काठमाडौमा उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले अब सुशासन र बिकासको बाटोबाट मुलुकलाई समृद्धितर्फ अघि बढाईने बताउनुभयो ।
मुलुकमा सुशासन कायम राख्न सरकार कडा रुपमा प्रस्तुत हुने भन्दै प्रधानमन्त्री ओलीले बिकासको कार्यक्रमहरुलाई पनि तिव्रताका साथ अघि बढाईने धारणा राख्नुभयो ।
उहाले सरकारले अघि सारेको समृद्ध नेपाल र सुशी नेपालको नारालाई पुरा गर्न पुराना कुरामा अल्झिएर बस्न नहुने भन्दै नयाँ नयाँ क्षेत्रमा मुलुकले फड्को मार्ने दाबी गर्नुभयो ।
अहिले समृद्धिको मापन जिडिपी र पर क्यापिटा ईन्कमले मात्र नहुने भन्दै उहाले निरपेक्ष गरिवी रेखामुखीको अबस्थाले नै मुलुकको समृद्धिको अबस्था निर्धारण गर्ने जिकिर गर्नुभयो ।
उहाले अहिले पनि जनतामा गरिवी दुःख , बेरोजगार , शिक्षा अवसर बञ्चित लगाएतका समस्या कायमै रहेको भन्दै सरकार निति योजना अनुसार अघि बढ्ने स्पष्ट पार्नुभयो ।
उहाले नेपालको कला साहित्य भाषा सस्कृति अन्यदेश भन्दा पृथक रहेको भन्दै यसको जगेर्ना गर्ने दायित्व सबैको भएको जिकिर गर्नुभयो । तीन दिने सम्मेलनमा हिमवत्खण्ड क्षेत्रमा पर्ने दर्जनभन्दा बढी मुलुकका साहित्यकारको सहभागिता रहेको छ ।
सम्मेलनमा २२औँ शताब्दीमा नेपाली भाषाको अवस्था, यसकोे महत्व र आजको साहित्यको स्तर कस्तो हुने भन्नेबारे कार्यपत्रसहित छलफल हुने बताईएको छ ।







प्रतिक्रिया दिनुहोस्