ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिदेशमा काम गरेर फर्किएकाहरुलाई श्रम दुतको रुपमा बुझ्न पर्छ –मन्त्रि बिष्ट


एबीसी न्यूज
असार २८, २०७५ बिहीबार   ९ : ०९   बजे

काठमाडौं, २८ असार । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय ,राष्ट्रिय युवा परिषदको आयोजनामा काठमाडौंको रास्ट्रिय सभा गृहमा  भएको बैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको राष्ट्रिय भेलासम्पन्न भएको छ ।

भेलामा बैदेशिक रोजगारीको लागि विश्वका विभिन्न ६० भन्दा धेरै देशहरुमा  काम गरेर फर्किएका ७०० भन्दा बढी नेपालीहरुको प्रतिनिधित्व रहेको थियो।

बैदेशिक रोजगारीबाट फर्किएका युवा पुस्ताहरुको वर्तमान अवस्था, यो अवस्थाले नेपालको अर्थतन्त्रमा पार्ने सकारात्मक नकारात्मक असर, बैदेशिक रोजगारीबाट फर्किएकाहरुको अपेक्षा र राज्यको दायित्व शीर्षकमा १८ बुदे कार्यपत्र कार्यकर्मका अभियान्ता उत्तम अधिकारीले प्रस्तुत गरेका थिए।

मिहिनेत गर्न सक्ने उमेर, जोश जागर, विदेशबाट आर्जित सीप, प्रविधि र केहि लगानी साथमा हुँदाहुँदै पनि लामो समय देश बाहिर रहेका कारण अधिकांशलाई लगानी गर्न सहज वातावरण र आवश्यक निर्देशन गर्ने निकायको आवश्यकता महसुस भएको र यो समुहलाई राज्यले  समेटेर  समुन्नत देशको परिकल्पना गर्दै सम्वृद्धिको अभियानमा यो समूहले कोसेढुङ्गाको रुपमा काम गर्न सक्ने भन्दै  वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको तर्फ बाट उक्त कार्यक्रममा डा रमेश पौडेलले आफ्नो कार्यप्रस्तुती राखेका थिए।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्टिय युवा परिषदले आयोजना गरेको  उक्त कार्यक्रमका प्रमुख अतिथि श्रम तथा रोजगार मन्त्रि गोकर्ण बिष्टले बिदेश बाट फर्किएका नेपालीहर श्रम र सिपको महत्व र अनुभव लिएर फर्केको हुनाले ऊनिहरुलाई श्रम दुतको रुपमा बुझ्न अपि गरेका छन  भने कार्यक्रमका सभापति  युवा तथा खेलकुद मन्त्रि जगत बहादुर सुनारले बिदेशबाट सिप, ज्ञान, अनुसासन सिकेर आएका युवाहरु लक्षित यस कार्यक्रमले आगामी दिनमा युवा तथा साना व्यवसायी स्वरोजगार कोष र युवा परिषदले पुलको रुपमा काम गर्दै लगानीको बाताबरणमा सहयोग पुर्याउने प्रतिबद्धता जनाए ।

पुर्व प्रवासी नेपालीहरु ऊपस्थित रहेको ऊक्त कार्यक्रममा बोल्ने अधिकांश अतिथि बक्ताहरुले पुर्व प्रवासीहरुलाई बिशेष प्राथमिकताका साथ रोजगारी, स्वरोजगारी, निर्माण र पुननिर्माणमा अगाडी बढाऊने प्रतिबद्धता ब्यक्त गरे ।

दुइ चरण गरि संचालन भएको कार्यक्रमको पहिलो सत्रमा प्रमुख अतिथी गोकर्ण बिष्ट लगाएत युवा तथा खेलकुद मन्त्रि जगत बहादुर सुनार (विश्वकर्मा), एन आर एन ए का अध्यक्ष लगाएत अरु बक्ताले आफ्नो धारणा राखेका थिए ।

दोस्रो सत्रमा बिभिन्न बिदेशबाट काम गरि फर्किएका ब्यक्तिहरुले अनुभव, योजना, संभावना र लगानी र स्वरोजगार श्रृजनाको लागी रहेका जटिलताहरुको बारेमा चर्चा गरेका थिए । श्रमिकले ऊठाएका बिषयमा प्रतिकृया दिदै युवा स्वरोजगार कोषका उपाध्यक्ष डा प्रेम दंगाल, राष्टिय युवा परिषदका उपाध्यक्ष  माधब ढुङ्गेल लगाएले सरकारका स्वरोजगारमुलक कार्यक्रम, निती तथा कार्यक्रमहरुको बारेमा विदेश बाट फर्केका युवाहरुलाई कुनै न कुनै ढंगले उनीहरुको शिप, लगानी लाई रोजगारमुलक बनाउन सहकार्य र सहयोगी भूमिका निर्बाह गरिने भन्दै  यो सुरुवात मात्र भएको र यसलाई  भेला आयोजना कार्यक्रम मै सिमित नराख्न र राज्यका निकायहरुसंग निरन्तर सम्पर्कमा रहेर झकझक्याउन सुझाएका थिए ।

बिदेशबाट फर्किएका नेपालीहरुलाई निरन्तर सहयोग र सामुहिक लगानीलाई सहजिकरण गर्न आजको रास्ट्रिय भेलाले २७ सदस्यीयहरुको तदर्थ कमिटी गठन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

सम्बन्धित

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

वायुसेवा निगमका सञ्चालक सदस्य छनोट प्रक्रिया रोक्न सर्वोच्चको अन्तरिम आदेश

साझा समृद्धिका लागि नेपालसँग नजिकबाट सहकार्य गर्न तयार छौं : प्रधानमन्त्री मोदी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group