
काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका सडकका खाल्डाखुल्डी तत्काल पुर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, सचिव लगायतलाई बोलाएर कलंकी–थानकोट र चाबहिल–बौद्ध–जोरपाटीको दुरावस्थाप्रति चासो राखेका छन् ।
प्रधानमन्त्री ओलीले उक्त स्थानका सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न पनि निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले यातायात क्षेत्रको सिन्डिकेटबारे पनि चासो देखाएका छन् । सार्वजनिक यातायालाई कम्पनीमा रुपान्तरण गर्ने लगायतका कार्यहरु तत्काल सम्पन्न गर्न उनले निर्देशन दिएका छन् ।







प्रतिक्रिया दिनुहोस्