ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा (थ्री एस अप्रेसन) थप प्रभावकारी बन्दै – एसपी राठौर


एबीसी न्यूज

चितवन, २६ असार । चितवन प्रहरीले अपराधीक गतिविधिलाई निस्तेज पार्ने उद्देश्यले गठन गरेको ( थ्री एस अप्रेसन ) थप प्रभावकारी बन्दै गएको छ । अपराधीक तत्वलाई निस्तेज पार्न एसपी शुशील सिंह राठौरले खेलेको भुमिकाले अहिले थप निरन्तरता पाउदै गएको छ ।

समाजलाई स्वच्छ , भयरहित बनाई जनताले बाँच्न पाउने भुमिकालाई मध्ययनजर गर्दै संयुक्तरूपमा गठित सादा पोशाकका प्रहरीले अपराध नियन्त्रणमा एक पछि अर्को सफलता हात पार्दै गएका छन् ।
विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका अपराधीलाई पक्राउ गर्नु नै विशेष प्राथमिकतामा राखेका राठौरले फरार ब्यक्तिलाई नियन्त्रणमा लिन थालेका छन् ।

ज्यान मार्ने उद्योग र जवरजस्ती चोरी मुद्दामा संलग्न रहि फरार रहेका भरतपुर महानगरपालिका वर्डा नम्बर १२ बस्ने बर्ष २५ को कान कुहिए भन्ने अनिल परियारलाई सोमबार चितवन प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
परियारमाथि २०७२ कार्तिक १९ गतेका दिन राती १० बजेको समयमा भरतपुर महानगरपालिका वर्डा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनलमा निती राई जगत पुन मगरलाई कुटपिट गरि घाइते बनाउनुको साथै झन्डै ५ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको घनमाल लुटपाट गरेको आरोप लागेको थियो ।

उक्त चोरीमा संलग्न रहेको आरोपमा चितवन प्रहरीको विशेष टोलीले यस अघि नै दुई जनालाई पक्राउ गरि जिल्ला अदालतको आदेशमा आवश्यक कार्वाहीका लागी थुनामा पठाइसकेको थियो ।
आरोपमा संलग्न अर्का एक जना अन्य आरोपित भने हालसम्म फरार रहेकोे र उनको पनि खोजीका लागी प्रहरी कडाइका साथ लागिपरेको चितवन प्रहरीका प्रमुख एसपी राठौरले बताउनुभयो । यसैैबीच, प्रहरीकै विशेष टोलीले केही सार्वजनिक अपराध मुद्दामा संलग्न रहि फरार हुँदै आएका भरतपुर महानगरपालिका वर्डा नम्बर २ क्षेत्रपुर बस्ने बर्ष २२ को शिबु थापालाई समेत पक्राउ गरेको छ । सोमबार पक्राउ परेका उनलाई चितवन जिल्ला प्रशासन समक्ष हाजिरी गराइएको एसपी राठौरले बताउनुभयो ।
राठौरका अनुसार उनीमाथि समाजमा अशान्ति फैलाएको, डरत्रास देखाइ समाजलाई आतंकित पार्नुका साथै भय सृजना गरि गुण्डागर्दी गर्ने गरेको र प्रहरीको फरार सूचिमा रहेका उनिलाई प्रहरीले सोमबार पक्राउ गर्न सफल भएको थियो ।
घट्नामा संलग्न रहेको आरोपमा यसअघि चितवन प्रहरीले नै भरतपुर महानगरपालिका १२ बस्ने बर्ष २८ को चन्द्रे भन्ने राजकुमार लामालाई १५ हजार घरौटी तिराई छुटेकोमा अन्य २ जना भने फरार रहेको र उनीहरुको समेत खोजी कार्यलाई सशक्त रूपमा अघि बढाइएको एसपी राठौर बताउनुहुन्छ ।
कानुनी नजरमा फरार हुन्छु भन्दैमा फरार हुन नसक्ने भन्दै एसपी राठौरले एक न एक दिन कानुनी दायराभित्र आउने नै भएकोले फरार अपराधीलाई सकेसम्म आत्मसम्पर्ण गर्न सुझाव दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com