ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिलबहादुर घर्ती बचाउन साउदी अरबबाट आठ लाख सहयोग


admin

काठमाडौं, २६ असार । ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन साउदी अरबबाट आठ लाख रकम संकलन भएको छ ।
आदिवासी जनजाति महासंघ, साउदीका पूर्व अध्यक्ष तथा समाजसेवी हुम सुनारीमगरको नेतृत्वमा साउदीमा क्रियाशील संस्थाहरु पारिवारिक समाज नेपाल, नेपाली प्रवासी समाज, एनए मिडिया लगायत साउदीमा रहेका नेपालीहरुले ले दिलबहादुर घर्तीको जीवन रक्षाका लागि आठ लाख २७ हजार एक सय १८ रुपियाँ संकलन गरेका हुन् । साउदी अरबमा संकलित रकम नेपाल मगर संघले मंगलबार पत्रकार सम्मेलन गरेर ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण गरेको छ ।
संकलित रकम मगर संघका अध्यक्ष नवीन रोकामगर र नेपाली प्रवासी समाजका पूर्व अध्यक्ष रामप्रसाद सापकोटाले ‘दिलबहादुर घर्ती बचाउनका लागि ब्लडमनी संकलन अभियान’ मूल आयोजक समितिका सदस्य तथा दिलबहादुरकी पत्नी मनिका बुढालाई हस्तान्तरण गरेका हुन् । रोल्पा नगरपालिका–१०, रोल्पा घर भएका दिलबहादुर विगत दुई वर्षदेखि साउदीको जेलमा छन् ।
उनले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन आउँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई २ लाख २५ हजार रियाल करिब ६५ लाख रुपैया) क्षतिपूर्ति दिन फैसला गरेको छ । साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।
पत्रकार सम्मेलनमा मगर संघका अध्यक्ष नवीन रोकामगरले दिलबहादुरको जीवन रक्षाका लागि सहयोग गर्ने बसैलाई धन्यवाद दिए । ‘यो अभियानमा सहयोग गर्ने सबैलाई मगर संघ धन्यवाद दिन चाहन्छ,’ उनले भने, ‘उनको जीवन रक्षाका लागि हामीले अझै सहयोग संकलन गर्नुपर्नेछ । म सहयोगका लागि सबैलाई आग्रह गर्दछु ।’ पत्रकार सम्मेलनमा नेपाली प्रवासी समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार रामप्रसाद सापकोटाले दिलबहादुरको जीवन रक्षाका लाथि आर्थिक संकलन गरी हस्तान्तरण गर्न पाउँदा आफू खुशी रहेको बताए ।
उनले सहयोग गर्नेहरु सबैलाई धन्यवाद समेत दिए । उनले साउदीमा नेपालीहरुले विभिन्न कठिनाईहरु भोगीरहेको उल्लेख गर्नुहुँदै नेपाल सरकार गम्भीर हुनुपर्ने बताए । पत्रकार सम्मेलनमा दिलबहादुर घर्तीकी पत्नी मनिका बुढाले आफ्नो श्रीमान जेलबाट सकुशल मुक्त हुनेमा आफू ढुक्क रहेको बताईन् ।
‘मलाई मेरो श्रीमान फर्केर आउनु हुन्छ की हुन्न भन्ने द्विविधा थियो । जब स्वदेश तथा विदेशमा रहनुभएका दिदी बहनी तथा दाजुभाईहरुबाट मैले सहयोग पाएँ, अब म ढुक्क छु,’ उनले भनिन् । ४० लाख जम्मा भयो दिलबहादुरको जीवन रक्षाका लागि मूल समितिको नाममा खोलिएको खातामा ४० लाख रकम जम्मा भएको छ । सोमबार साउदी अरबबाट प्राप्त रकमसहित बैंक खातामा ४० लाख पुगेको मनिका बुढाले जानकारी दिईन् । ‘४० लाख पुग्यो, अझै २५ लाख बाँकी छ,’ उनले भनिन्, ‘सहयोग अझै उठ्नेमा आशावादी छु ।’
दिपेश पुनको संयोजकत्वमा गठित दिलबहादुर घर्ती बचाउ अभियानले अपुग रकमका लागि सबैमा आव्हान समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com