ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारमाथि आक्रमण गर्दैमा बिचलित हुदैनौं :प्रधानमन्त्री ओली


bhawani desk
असार २६, २०७५ मंगलबार   ४ : ४१   बजे

काठमाडौं,२६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी आक्रमण हुन थालेको भन्दै यसले आफुलाई बिचलित नगर्ने स्पष्ट पार्नुभएको छ ।

मंगलबार काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानको नवनिर्मित पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखानाको उद्घाटन गर्दे प्रधानमन्त्री ओली राष्ट्रनिर्माणको अभियानमा आफु अघि बढेको भन्दै कसैले सरकारमाथि आक्रमण गर्देमा आफु बिचलित नहुने बताउनुभएको हो ।

उहाले सरकारको सम्पूर्ण ध्यान मुलुकको बिकास र समृद्धिमा केन्द्रित रहेको जिकिर गर्नुभयो । आफुले बिकासका कुरा गर्दा केहिलाई असहज भएको बन्दै प्रधानमन्त्री ओलीले मुलुकको बिकासका लागी आफु प्रतिवद्ध भएर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

त्यस्तै प्रधानमन्त्री ओलीले तुइनको ठाउँमा झोलुङ्गे पुल वा त्यो नभए केवलकार राखेर भए पनि तुइन ईराको अन्त्य गरेरै छाड्ने प्रतिवद्धता समेत जनाउनुभयो । उहाले केहि प्रागिक वर्ग राजनीतिक आस्थाको कैदी भएर राष्ट्रको उदेश्यको बाधक बनेको आरोप लगाउनुभयो ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको सस्कृतिलाई आत्मसाथ गर्दे नेपाल भारत चीनसंगको सम्बन्ध बिस्तार गर्दे प्राज्ञिक महत्वका बिषयका कार्यक्रम गर्दे जाने बताउनुभयो ।

पुस्तकालय भवन निर्माणका लागी भारत सरकारले नेपाल सरकारलाई चार करोड ३९ लाख ४० हजार रुपैयाँ सहयोग गरेको थियो । नवनिर्मित पुस्तकालयबाट नेपाल र भारत प्राज्ञिक समुदाय तथा अनुसन्धानकर्ताहरुलाई सन्दर्भ सामाग्रीसहितका अनुसन्धान सामाग्रीहरु उपलब्ध गराउने बताइएको छ ।

पुस्तकालयमा पुस्तक प्रकाशनका लागि आधुनिक अफसेट प्रेससमेत राखिएको छ । पुस्तकालयलाई डिजिटल पुस्तकालयका रुपमा अगाडि बढाउने लक्ष्य प्रतिष्ठानले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group