
काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले आफूले आधा शताब्दी लडेको व्यक्तिगत रुपमा शक्तिशाली हुन नभई मुलुकलाई समृद्ध बनाउन र देशवासीलाई सुखी बनाउनका लागि भएको बताउनु भएको छ ।
‘मैले मेरो उद्देश्य भुलेको छैन र कहिले पनि भु्ल्दिन देशलाई समृद्ध बनाउन र देशका जनतालाई सुखी बनाउन भएको जिकिर गरे ।
उनले भने ‘वैयक्तिक तबरमा शक्तिशाली हुने इच्छा छैन । म शक्ति केन्द्रित गर्न चाहन्न । तर सरकार शक्तिशाली चाहिन्छ ।’ सरकार शक्तिशाली हुनुको अर्थ अहंकार पाल्ने र संविधान र कानुन विपरीत चल्नु नभएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘यसको अर्थ दम्भ राख्ने अहंकार पाल्ने संविधान कानुन विपरीत चल्ने, हामीले जे गरे पनि हुन्छ भन्ने मलाइ लाग्दैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।







प्रतिक्रिया दिनुहोस्