
काठमाडौं,२५ असार । महिलामाथि हुने हिंसा अन्त्य गर्नको विशेष संयन्त्र बनाएर अगाडि बढ्नुपर्ने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले बताउनुभएको छ ।
महिला सुरक्षा दवाव समूहको २६ औं बार्षिकोत्सवका अबसरमा सोमबार काठमाडौमा आयोजना गरिएको कार्यक्रममा मन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाले स्थानीय तहका जनप्रतिनिधि सचेत नभएसम्म हिंसाका घटना कम हुन नसक्ने बताउनुभयो ।
उहाले महिला अधिकारका लागी संबिधानमा प्रत्याभूत बिषयमा महिलाहरु जानकार हुनुपर्ने जिकिर गर्नुभयो । संसद र सडकमा निकै आन्दोलन र सघर्षपश्चात संबिधानमा महिला अधिकार समेटिएको भन्दै अब उक्त कानुन कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।
कार्यक्रममा समाजमा उदाहरणीय काम गरेका महिलाहरुलाई सम्मान गरिएको थियो ।







प्रतिक्रिया दिनुहोस्