ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत एक लाख युवालाई रोजगारी : मन्त्री विष्ट


एबीसी न्यूज
असार २५, २०७५ सोमबार  ३ : ०३ बजे


काठमाडौं, २५ असार । सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत आगामी वर्ष एक लाख युवालाई रोजगारी दिने दाबी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले देशभरका ७५३ स्थानीय तहमा रोजगार सुचना केन्द्र स्थापनाको तयारी भइरहेको जानकारी दिए । मन्त्रालयगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत रोजगारीको अवसरलाई आधारभुत तहसम्म पहुँच पुर्‍याइने बताए ।mआगामी बर्षमा कम्तिमा १ लाख युवालाई रोजगारी दिने गरी सरकारले काम गरिरहेको मन्त्री विष्टले बताए ।

उनकाअनुसार स्थानीय तहमा खोलिदे रोजगार सुचना केन्द्रमा युवाहरुले आफू बेरोजगार भएको सूचित गर्नुपर्नेछ । त्यसको निश्चित समयमा सरकारले उनीहरुलाई रोजगारीको अवसरहरु दिनेछ ।

रोजगारी दिन नसके बेरोजगार भत्ता दिने संकेत गर्दै श्रममन्त्री विष्टले भने, ‘नभए सरकारले आफ्दो दायित्व पुरा गर्छ ।’

रेमिट्यान्सलाई बैकिङ प्रणालीबाट भित्र्याउने, बैदेशिक रोजगारीमा जानेलाई सिप सिकाएर पठाउने तथा समग्र बैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउनेतर्फ सरकार सचेत रहेको उनले बताए ।

रोजगार दाता र श्रमिकबीच असल सम्बन्ध र देशभित्र रोजगारीमा आकर्षण बढाउन साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्युनतम पारिश्रमिक निर्धारण गर्ने तयारी भइरहेको मन्त्री विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com