
काठमाडौं,२४ असार । सरकारले अनुमति नलिई क्यानडा प्रस्थान गर्न लागेकाले नेपाल संस्कृत विश्वविद्यालयका कुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काएको जनाएको छ ।
शुक्रबार राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाका सांसद्हरूले राखेका प्रश्नको जवाफ दिदै गृहमन्त्री रामबहादुर थापाले सम्बन्धित निकायको अनुमति नलिई विदेश भ्रमणमा जान लागेकाले रोक लगाइएको प्रष्ट पार्नुभयो ।
उहाले यसबारे विस्तृत जानकारी गृह मन्त्रालयमा नआइपुगेको भए पनि गृह मन्त्रालयलाई प्राप्त जानकारीअनुसार उपकुलपति कोइरालाले सरकारको अनु्मति नलिएको दाबी गर्नुभयो । त्यस्तै उहाले बाढी र पहिरोजस्ता प्राकृतिक विपतबाट २४ जनाको मृत्यु भएको तथा मानवीय एवं भौतिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालय सक्रियतापूर्वक लागेको जानकारी दिनुभयो ।
उहाँले दुर्गम क्षेत्रमा प्रहरीचौकीको व्यवस्था गरी जनताको सुरक्षा व्यवस्था मजवुद गरिने बताउनुभयो । द्वन्द्वकालीन घाइतेका विषयमा मन्त्रालयले व्यवस्थापन गर्न लागिपरेको जानकारी उहाँले दिनुभयो । गृहमन्त्री थापाले शान्ति सुरक्षालाई स्थापित गर्ने र विपद्मा आधारभूत सेवा पु¥याउनका लागि रु ५४ अर्ब बजेट विनियोजन भएको र सो बजेटको ४ प्रतिशत राहत तथा उद्धारमा लगाइएको बताउनुभयो ।
उहाले चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले डाक्टर गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने बताउनुभएको छ ।







प्रतिक्रिया दिनुहोस्