ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विगत सरकारको वितीय अनुशासनहिनताको कारण वर्तमान सरकार केही अप्ठेरोमा छ : प्रधानमन्त्री


admin
असार २३, २०७५ शनिबार  २ : ४७ बजे

काठमाडौं २३ असार । प्रधानमन्त्री केपीशर्मा ओलीले समृद्धि प्राप्तगर्नका लागि सुशासनआवश्यक पर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघको १५औं साधारणसभाको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“स्वच्छता, पारदर्शिता, कानुनको राज र अवसरको समतापूर्ण ढंगले वितरण भयो भने मात्र समृद्धि हासिल हुनसक्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिलेको सरकारले भनेको समृद्धि केहीका लागि मात्र नभएर सबै नेपालीका लागि हो ।”

देशमा ६० प्रतिशत जनसंख्या काम गरेर खान सक्ने भएकोले यो अवसरलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । यति ठूलो जनसंख्याकामगर्ने सक्ने अवस्थामाहुनु देशको आर्थिक विकासका लागि ठूलो अवसर भएको प्रधानमन्त्रीओलीको भनाइ छ ।

विगतको सरकारको वितीय अनुशासनहिनताको कारणले वर्तमान सरकार केही अफ्ठेरोमा भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर देशलाई उद्योग मैत्रीबनाउन इच्छुक रहेको स्पष्ट पार्नुभयो । “हामी निजी क्षेत्रसँग सहकार्य गर्छौं तर उद्योग बेचेर खानका लागि होइन उद्योग खोल्नका लागि” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार चाहन्छ देशलाई उद्योगतिर अघि बढाउँ ।”

प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीहरुलाई समेटेर सरकारले एक सल्लाहकार समुह गठन गर्न लागेको जानकारी दिनुभएको छ । उद्योगलाई प्रविधि मैत्री बनाएर गुणस्तरीय उत्पादनगर्न सरकारले प्रोत्साहन गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेपालका दुवै छिमेकमा भएको विशाल जनसंख्या नेपालको उपयुक्त बजार भएकोले निर्यातजन्य वस्तुको उत्पादन गर्न व्यवाशायीहरुलाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । छिमेकमा विगतमा भएका केही तिक्ततापनि सकिएर सुमधुर सम्बन्ध कायम भइसकेकोले अब नेपालबाट हुने निकासीमा कुनै समस्या नहुने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com