ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नौ वर्षदेखि काम : तलब ३५ सय, २६ वर्षदेखि काम : तलब ५ हजार !


admin
असार २१, २०७५ बिहीबार  ३ : ३४ बजे
काठमाडौं, २१ असार । विमान बंगलादेश एयरलाइन्सले विगत नौवर्षदेखि काम गर्दै आएका नेपाली श्रमिकलाई महिनाको जम्मा ३५ सय तलब दिन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर यो वास्तविक कुरा हो ।
देवी थापा, जो विगत नौ वर्षदेखि विमान बंगलादेश एयरलाईन्समा काम गर्दै आएकी छिन् । उनको मासिक तलब जम्मा पैंतिस सय रुपैंया रहेको छ । त्यो पनि पेट्रोल खर्च भनेर थपेर दिने गरेको हो । उनको तलबकै कुरा गर्ने हो भने मासिक दुई हजार मात्रै हो । उनले भनिन्, ‘९ वर्ष भयो काम मैले गरेको । २ हजार तलब छ, पेट्रोलबाट मिलाएर भनेर जम्मा ३५ सय दिन्छ । भत्ता लगायत अरु केहि छैन । दशैंमा पनि केहि दिंदैन । तलब बढ्छ भन्ने आश्वासन दिन्छ तर झुलाएर राख्छ ।’
श्रमिकमाथि एयरलाईन्सले चरम श्रमशोषण गरेपछि पर्यटन श्रमिक संगठन नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गाे–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ)को नेतृत्वमा एयरलाईन्सको मुख्य कार्यालयमा बिहीबारबाट अनिश्चितकालिन हड्ताल शुरु भएपछि उक्त विषय बाहिर आएको हो ।
हड्तालमा उत्रेकी थापाले भनिन्, ‘हाम्रो माग भनेको दुःख गरेअनुसार दुःखको फल मिलोस् भन्ने हो । आश गरेर कति दिन बाँच्ने । लिखित, मौखिकरुपमा पटक पटक भन्दा पनि सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रेका हौं ।’

उनीमात्र होईन, विगत २६ वर्षदेखि सोहि एयरलाईन्समा काम गर्दै आएका गुञ्जबहादुर श्रेष्ठले महिनामा जम्मा ५ हजार तलब बुझ्छन् । उनी भन्छन्, ‘हुन्छ–हुन्छ भनेर आशा देखाउँछ । २ वर्षमै अर्को व्यक्ति परिवर्तन हुन्छ । हामी त हेरेको हेर्‍यै ।’ उनले गहभरी आँसु पार्दै भने, ‘हुन्छ क्यारे भन्ने आशमा आमाले दूध नखुवाएपछि बच्चा रुन्छ तर रोएपनि हामीले सुख पाएनौं । २६ वर्ष बढी भयो काम गरेको तर खाना नपुगेर हड्तालमा उत्रिन बाध्य भयौं ।’

उनलाई दिनको दुई घण्टा काम गरेबापत दैनिक ज्याला २ सय रुपैंया दिन्छु भनेर राखेपनि व्यवस्थापनले दिनको सोह्र घण्टासम्म काम लगाउने गरेको छ । उनले दुखेसो गर्दै भने, ‘दिनहुँ २ घण्टा काम गरेबापत २ सय रुपैंया दिन्छु भनेर काम गरेको तर न्यूनत्तम १२ घण्टा देखि १६ घण्टासम्म काम लगाउँछ । कार्यालयको रेखदेख देखि कार्यालय खोल्ने, चेक साट्ने काम गर्छु । एकैचोटी ३२ लाख रुपैंया सम्मको चेक साट्नसमेत जान्छु तर आफ्नो ब्यथा आफैंसँग छ ।’

उनलाई तलब दिंदा व्यवस्थापन पक्षले एउटा कागजमा हस्ताक्षर गराउनेमात्र गरेको उनले बताए । एयरलाइन्सको कर्मचारी हो भनेर पत्रसमेत नदिएको उनको गुनासो छ ।

उक्त एयरलाइन्समा काम गर्दै आएका कृष्ण भण्डारीले एयरलाइन्समा काम गर्दै आएका १० नेपाली श्रमिकको चरम श्रमशोषण भईरहेको बताए ।

श्रमिकहरुलाई ओभरटाईम काम लगाउने, ओभरटाईमको पैसा पनि नदिने, काम ढिला भएर राति भयो भने आफ्नै खर्चमा ट्याक्सी लिएर घर जानुपर्ने, कुनै पनि सेवा सुविधा नभएको र कर्मचारीहरुको नियुक्तिपत्र समेत नदिएको विगत ६ वर्षदेखि काम गर्दै आएका एयरलाईन्सका ट्राफिक सुपरभाईजर सुरेश खतिवडाले बताए ।

त्यस्तै श्रमिकहरुलाई कुनैपनि सार्वजनिक बिदा पनि नदिने गरेको हड्तालमा उत्रिएका श्रमिकहरुले बताए ।
सरकारले दिएको न्यूनत्तम सेवा सुबिधा र शर्तअनुसार एयरलाइन्सले काम नगरेको पाईएपछि हड्तालमा उत्रन बाध्य भएको भन्दै यूनिट्राभका अध्यक्ष सुमन पराजुलीले वार्ताबाट माग पुरा नगरे एयरलाईन्सको मुख्य कार्यालयमा तालाबन्दी गरिदिने चेतावनी दिएका छन् ।
कर्मचारीको आन्दोलनबारे विमान बंगलादेश एयरलाइन्ससँग सम्पर्क गर्दा कोही सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com