ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिर्तामोडमा दुई दिनदेखि बाह्र सय टेलिफोन अवरुद्ध


bhawani desk

झापा, १६ असार । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

बिर्तामोड नगरपालिकाले मुक्तिचोक उत्तरको दुबै तर्फको नाला सफा गर्ने क्रममा टेलिफोनको प्राइमरी केवल चुँडिएपछि हिजोदेखि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बिर्तामोडका वरिष्ठ इञ्जिनियर सुधिरकुमार शर्माले जानकारी दिनुभयो ।

उहाँ अनुसार तीन ठाउँमा प्राइमरी केवल चुँडिदा एक हजार २०० सय लाण्डलाइन टेलिफोन लाइन अवरुद्ध भएको हो । ‘प्राइमरी वायर काटिँदा टेलिफोन सेवा अवरुद्ध भएको छ, उहाँले भन्नुभयो, मर्मतको काम भइरहेको छ, चाँडै सेवा सुचारु गर्न प्रयास गरिरहेका छौँ ।

टेलिफोनको तार ‘अण्डरग्राउण्ड’ गरिएको र नगरपालिकाले नाला सफा गर्ने कामको जानकारी नगराएकाले केबल चुँडिएको टेलिकम बिर्तामोडका कार्यालय प्रमुख निरन जोशीले बताउनुभयो ।

यता, बिर्तामोड–५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनले नालामुनी टेलिफोनको तार रहेको कुरा जानकारी नभएकाले तार चुँडिएको बताउनुभयो । ‘तार छ भन्ने थाहा भएन, नगरपालिकामा जानकारी गराएका छौँ’, उहाँले भन्नुभयो, टेलिकमसँग सहकार्य गरेर चुँडिएको तार मर्मत गरिनेछ ।

यसअघि पनि बिर्तामोड, ५ को बजार क्षेत्रको फुटपाथ खाली गर्ने क्रममा नगरपालिकाले सरोकारावाला कसैलाई खबर गरेको थिएन । जसका कारण खानेपानीको पाइपलाइन ठाउँ–ठाउँमा फुटे पनि लामो समयसम्म मर्मत भएन ।

हाल यहाँको सडकको दुबै किनारबाटै ढल बगिरहेको छ, भने फुटपाथ हिलाम्मे भएको छ । भत्काइएको फुटपाथ र ढल  निर्माण भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com