ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ जिल्लाका दुई हजार बालबालिकाको आँखामा दृष्टिदोष


bhawani desk
असार १६, २०७५ शनिबार  १२ : ०० बजे

चितवन, १६ असार । भरतपुर आँखा अस्पतालले देशका आठ जिल्लाका ६७ हजार ६४८ बालबालिकाको आँखा परीक्षण गर्दा एक हजार ९५२ जनाको आँखामा दृष्टिदोष पाइएको छ ।

अस्पतालले यस वर्षको ११ महिनामा १४४ वटा स्कुलमा बच्चाको आँखाको परीक्षण गरेको थियो । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार अस्पतालले चितवन, बारा, पर्सा, मकवानपुर, नवलपुर, तनहुँ, गोर्खा र धादिङका विद्यालयमा आँखा परीक्षण गर्दा ती बालबालिकामा दृष्टिदोष (आँखा कम देख्ने) समस्या पाइएको हो ।

निःशुल्क शिविरपछि उनीहरुलाई निःशुल्क चस्मा पनि वितरण गरिएको घिमिरेले बताए । यो तथ्याङ्कलाई हेर्दा थाहै नपाई दृष्टिदोष भएर बस्ने बच्चाको प्रतिशत २ दशमलव ९ हुन आउने घिमिरेले बताएका छन ।

अस्पतालले सोझै बालबालिकाको आँखा परीक्षण गर्ने, शिक्षकलाई बाल अन्धोपनासम्बन्धी आँखा स्वास्थ्य शिक्षा तालीम दिएर उनीहरुमार्फत त्यस्ता बालबालिका खोजी गरी उपचार गर्ने काम गर्दै आएको छ ।

अस्पतालका व्यवस्थापक दयाशंकर चौधरीका अनुसार अस्पतालमा रहेको बालबहिरङ्ग सेवामा चालू आर्थिक वर्षमा १७ हजार ४०८ जनालाई उपचार गरिएको छ । उनीहरु अधिकांश आँखामा समस्या देखिएपछि अस्पताल आएका हुन् ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्केका अनुसार बालअन्धोपनाको समस्या बढेर गएपछि अस्पतालले एकजना चिकित्सकलाई बालबालिकाको उपचारका लागि थप अध्ययन गर्न क्यानडासमेत पठाएको छ । हाल जटिल शल्यक्रिया गर्नुपरेमा महिनाको एकदिन काठमाडौँबाट वरिष्ठ चिकित्सक झिकाएर शल्यक्रिया गरिँदै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

सुदन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति

विपक्षी दलको बहिष्कारका बिच सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

फौजदारी कसुरको शैलीमा व्यवसायी र बैंकरमाथि धरपकड गरेर त्रास फैलाइयो– उद्योग वाणिज्य महासंघ

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध आयो ‘अतिगोप्य’ उजुरी

संसद् छल्दै प्रधानमन्त्री वालेन्द्र, बढ्दो आलोचना र जवाफदेहितामाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com