ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ जिल्लाका दुई हजार बालबालिकाको आँखामा दृष्टिदोष


bhawani desk

चितवन, १६ असार । भरतपुर आँखा अस्पतालले देशका आठ जिल्लाका ६७ हजार ६४८ बालबालिकाको आँखा परीक्षण गर्दा एक हजार ९५२ जनाको आँखामा दृष्टिदोष पाइएको छ ।

अस्पतालले यस वर्षको ११ महिनामा १४४ वटा स्कुलमा बच्चाको आँखाको परीक्षण गरेको थियो । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार अस्पतालले चितवन, बारा, पर्सा, मकवानपुर, नवलपुर, तनहुँ, गोर्खा र धादिङका विद्यालयमा आँखा परीक्षण गर्दा ती बालबालिकामा दृष्टिदोष (आँखा कम देख्ने) समस्या पाइएको हो ।

निःशुल्क शिविरपछि उनीहरुलाई निःशुल्क चस्मा पनि वितरण गरिएको घिमिरेले बताए । यो तथ्याङ्कलाई हेर्दा थाहै नपाई दृष्टिदोष भएर बस्ने बच्चाको प्रतिशत २ दशमलव ९ हुन आउने घिमिरेले बताएका छन ।

अस्पतालले सोझै बालबालिकाको आँखा परीक्षण गर्ने, शिक्षकलाई बाल अन्धोपनासम्बन्धी आँखा स्वास्थ्य शिक्षा तालीम दिएर उनीहरुमार्फत त्यस्ता बालबालिका खोजी गरी उपचार गर्ने काम गर्दै आएको छ ।

अस्पतालका व्यवस्थापक दयाशंकर चौधरीका अनुसार अस्पतालमा रहेको बालबहिरङ्ग सेवामा चालू आर्थिक वर्षमा १७ हजार ४०८ जनालाई उपचार गरिएको छ । उनीहरु अधिकांश आँखामा समस्या देखिएपछि अस्पताल आएका हुन् ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्केका अनुसार बालअन्धोपनाको समस्या बढेर गएपछि अस्पतालले एकजना चिकित्सकलाई बालबालिकाको उपचारका लागि थप अध्ययन गर्न क्यानडासमेत पठाएको छ । हाल जटिल शल्यक्रिया गर्नुपरेमा महिनाको एकदिन काठमाडौँबाट वरिष्ठ चिकित्सक झिकाएर शल्यक्रिया गरिँदै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com