ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यपहाडी राजमार्गमा तीन पुल निर्माणमा ढिलाइ


bhawani desk

पाँचथर १६ असार । मध्यपहाडी(पुष्पलाल) राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङ नजीकका पुल निर्माणमा ढिलाइ भएको छ । उद्गमस्थल पुग्नका लागि बन्नैपर्ने तीन पुलको एक वर्षअघि नै ठेक्का प्रक्रिया पूरा भए पनि काम हुन सकेको छैन । ओसाम खोला, खँदुवा खोला र सुखा खोला पुल निर्माणमा ढिलाइ भएको हो ।

ठेक्का सम्झौताको मितिअनुसार काम सक्नुपर्ने समय अझै एक महीना समय बाँकी नै रहे पनि सोे अवधिमा काम सकिने कुनै संकेत छैन । पाँचथरखण्डको गणेश चोकदेखि ५४ किलोमिटर माथि पर्ने ती पुल निर्माणको जिम्मा बिरुवा कन्स्ट्रक्सन प्रालिले लिएको छ ।

तीन पुलबाहेक गणेश चोकदेखि चिवाभञ्ज्याङसम्मको खण्डमा १० पुल निर्माण हुनेछन् । त्यसमध्ये धेरै पुल बनिसकेका छन् । केही बन्ने क्रममा छन् । छाँगे–१ र छाँगे-२, शिवा खोला पुल, ओयाम खोला पुल, फलामे खोला पुल, सुवा खोला पुल, मेवा खोला पुल निर्माण भएको र निर्माण हुने मुख्यमध्येका पर्छन् ।

त्यसमध्ये केही पुल बनिसकेर सवारी आवतजावतसमेत भइरहेको छ । तिनको कागजी प्रक्रिया पूरा भइनसकेको आयोजना कार्यालयले जनाएको छ । कामै शुरु नभएका तीन पुल हालसम्ममा बनिसक्नुपर्ने थियो ।

पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासीमा शंका पैदा भएको छ । आलटाल गर्दै काम लम्बिँदै जाने कार्यले शंका पैदा गरेको स्थानीयवासीको भनाइ छ । तत्काल काम थाल्नका लागि आयोजना कार्यालयले चासो दिनुपर्ने नागरिक समाजका अर्जनु वेगाले बताउनुभयो । लोकमार्गको गणेशचोकदेखि चिवाभञ्ज्याङसम्मको ६० किलोमिटर दूरीमा बन्दै गरेका संरचनामा स्थानीयवासीले चासो दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com