ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रोटोकलका कागजपत्र कसले लुकाए प्रधानमन्त्रीज्यू ?


admin
असार १४, २०७५ बिहीबार  ८ : ४२ बजे

काठमाडौं, १४ असार । नेपालले छिमेकी मुलुकसँग विभिन्न किसिमका सन्धि सम्झौता गर्ने गर्र्दछ तर कार्यान्वयनमा भने शुन्यजस्तै छ । सम्झौता गरे पनि त्यसको कार्यविधि र प्रक्रियामा सधै चुकेका कारण विभिन्न योजनाहरु विफल भएका छन् । विशेषगरी छिमेकी मुलुक भारत र चीनसंग भएका ठूला परियोजनामा सम्झौता भए पनि कार्यान्वयनको आधार प्रोटोकलको पाटोमा नै पुग्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वकांक्षी मानिएको भर्खरै सम्पन्न चीन भ्रमणमा पुरानै सम्झौतामा हस्ताक्षर भए पनि यसको आधार प्रोटोकलले भने स्थान पाउन सकेन । यसले पछिल्लो समय भएका सम्झौताहरुमा प्रश्न चिह्न खडा भएको छ । यद्यपि आगामी जुलाईमा उत्तर पाउने विश्वास लिइएको छ ।

साताव्यापी चीन भ्रमणका क्रममा प्रधानमन्त्री के.पि शर्मा ओलीले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकमा यौटा गम्भीर प्रश्न उठाएका थिए । दुई वर्ष अघि आफु चीन गएका बेलामा भएका सहमति सम्झौताहरुलाई कार्यान्वयन गर्न आवश्यक प्रोटोकलका कागजपत्र यो बीचमा लुकाइएको र कतिपय बङगाइएका कारण समयमा हस्ताक्षर हुन नसकेको बताएका थिए प्रधानमन्त्रीले । प्रधानमन्त्रीले भनेजस्तै अनेकौं कारणले प्रोटोकलमा हस्ताक्षरमा ढिलाई हुंदा चीनसंग भएका सहमति कार्यान्वयनमा आउने होइनन कि भन्ने आशंकालाई बल पुर्याएको थियो ।

अहिलेसम्मको इतिहास हेर्ने हो भने चीन र भारत दुवै मुलुकबीच भएका सम्झौता तथा योजनाहरु न्युन रुपमा मात्र कार्यन्वयनमा आएका छन । त्यसको एउटै कारण हो सम्झौतामा हस्तक्षर भएपछि त्यपछिको प्रक्रिया अगाडि नै बढ्दैन । यसको कारण योजना कार्यन्वयनका कुनै विधि र प्रक्रियाहरु लिखितम् नहुनु नै हो । प्रोटोकल भनेको दुइपक्षिय सम्झौता कार्यन्वयनको महत्वपूर्ण आधारपत्र हो । यसलाई सहमति सम्झौता र सन्धिको पुरक भाग पनि मानिन्छ । जुन एक पक्षीय रुपमा मात्र नभइ बहुपक्ष्ँिय रुपमा अध्ययन अनुसन्धान र भविष्यलाई हेरेर गरिने सम्झौता हो ।

देशका उच्च पदस्थ व्यतिmको भ्रमण मुलत राष्ट्रहितका लागि सन्धि सम्झौता तथा यसको कार्यन्वयनमा केन्द्रित हुने गर्छ । प्रधानमन्त्री के पी शर्मा ओलीको चीन भ्रमणबाट नेपाल र चीनबीच विभिन्न १४ बुँदे सहमति भएको छ । यी सम्झौताहरु कसरी अघि बढ्छन त्यो भोलिको दिने तय गर्नेछ । सन् २०१६ मार्चमा पहिलोपटक प्रधानमन्त्रीका रूपमा चीन भ्रमण गरेका केपी ओलीले गरेका दसबु“दे सम्झौताबाट सिंगो नेपाल उत्साहित थियो । तर ती सम्झौताहरु कार्यन्वयन शुन्य जस्तै भए प्रोटोकलमा हस्ताक्षरकै अभावमा । तर, तर, आगामी जुलाई सम्म प्रोटोकलमा हस्ताक्षर हुने प्रधानमन्त्रीले विश्वास ब्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमण सफल भयो । तर कति सफल भयो भन्ने विषय महत्वपूर्ण हो । भ्रमणका क्रममा भएका सन्धि तथा सम्झौताहरु कसरी अगाडि बढ्छन् भन्ने विषयमा पनि केहि कार्य योजनाहरु सार्वजनिक भैसकेका छैनन । यस्ता विषयमा प्रधानमन्त्रीको ध्यान जान आवश्यक रहेको पुर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतको भनाइ छ ।

सन् २०१६ मार्च २३ का सहमतिहरू अपेक्षाकृत कार्यान्वयन हुन नसक्दा नेपालप्रति उत्सुक नबनेको चीन यसपटकको भ्रमणबाट सकारात्मक बनेको छ । अन्तराष्ट्रिय पारवहन, व्यापार र इन्धनमा भारतमाथि रहेको नेपालको निर्भरता उक्त समझदारीको कार्यान्वयनसंगै अन्त्य हुने आम नेपालीको अपेक्षा छ ।

बढ्दो चिनिया लगानीले राष्ट्रिय उत्पादन क्षमता बढ्छ र मुलुक समृद्धि र विकासको बाटोमा बढ्छ, भन्ने आशा धेरैको छ, यो स्वाभाविक पनि हो । तर यी सबै विषय आगामी जुलाईमा प्रोटोकल हस्तक्ष्ँर भए मात्र सम्भव हुने देखिन्छ । हरेक सम्झौता द्विपक्षीय स्वार्थ र चासोबाटै निर्देशित हुन्छन् । त्यसको लाभ के कसरी लिने भन्ने कुरा भने सम्बन्धित देशको कूटनीतिक र रणनीतिक क्षमतामा भर पर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com