ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असारे बजेट : फ्रिज हुन लागेको बजेट तह लगाउने मेसो


admin
असार १४, २०७५ बिहीबार  ८ : २३ बजे

काठमाडौं, १४ असार । आर्थिक वर्षको अन्तिम महिना असार सकिनै लाग्दा गाउ“देखि सहरसम्म बिकास निर्माणको कामले गति लिएको छ । देश बनाउनका लागि बिकास निर्माणले गति लिएको हौइन फ्रिज हुन लागेको बजेट सकाउनका लागि बिकासले गति लिएको हो । अहिले बजेट सकाउनका लागि दैनिक अर्बको पुजीगत खर्च हुने गरेको छ ।

File

आर्थिक वर्षको सुरुवाती दिनमा काम नगर्ने र समय सकिन लागेपछि बजेट खर्च गर्ने सरकारी प्रवृत्ति जारी छ । अहिले बिकास निर्माणको बाहनामा बजेट सकाउने काम जताततै देख्न सकिन्छ । आर्थिक वर्षको सुरुवाती समयमा कामै नहुने तर, क्लोजिङको अन्तिम मितिमा दैनिक अर्बकौ पुजीगत खर्च हुने गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्षको असारको सुरुमा ५० प्रतिशत पुंजीगत खर्चभए पनि मसान्तसम्म ६५–७० प्रतिशतसम्म पु“जिगत खर्च पुग्ने अनुमान छ ।

पुजिगत खर्च ११ महिनामा मात्र ५० प्रतिशत खर्च हुने, तर १ महिनामै १५ देखि २० प्रतिशत बढ्नुले असारमा हुने खर्चले रकमको दुरुपयोग हुने स्पष्ट देखिन्छ । एकै महिनामा २० प्रतिशत प“ुजिगत खर्च हुनु कानुनसम्मत समेत छैन । बिगतका वर्षमा झै अहिले पनि असारे बजेट बजेट सक्नुले एकातिर अनियमितता जन्माउंछ भने अर्कोतिर गुणस्तरिय काम नहुने निश्चित छ । पु“जीगत खर्चको अरु बेला नहुने तर जेठ, असारमै अचाक्ली बृद्धि हुनुले सरकार समेत झारा टार्ने काममा सहयोग गरेको जस्तो देखिन्छ ।

बिगतका वर्षमा झैं बजेट सक्ने र राज्यको ढुकुटी सकाउनका लागि उत्तम सयम असार महिनालाई नै पर्खनुले राज्यकोषको दोहन भइरहको छ । अहिलेमात्र होइन यसभन्दा अघिका वर्षमा समेत यसैगरी आर्थिक वर्षको अन्तिम बजेट सकाउने ट्रेन्ड जस्तो भएकोले सुधारको आवश्यकता देख्छन् अर्थमन्त्रालयका अधिकारीहरु नै ।

हरेक वर्ष सुरुवाती महिनामा जानाजान ढिलाइ गरी विकास निर्माणमा प्रत्यक्ष सरोकार राख्ने राजनीतिक दल तथा राज्य सञ्चालनमा पुगेका नेता, कर्मचारी र ठेकेदारबीचको मिलेमतोमा असारमा बजेट सक्ने प्रवृत्ति छ । बिगतमा समयमै खर्च नहुनुलाई बजेट पास हुनमा ढिलाइ र स्थानीय जनप्रतिनिधि नहुने भन्ने गरेपनि अहिलेको स्थिर सरकारले यस्ता प्रबृतिलाई रोक्न नसक्दा गलत प्रवृतिले निरन्तरता पाएको छ ।

कागजी प्रगति देखिउने तर खर्च गरेअनुसार विकासका काम नबन्नु दुःखद हो । जेठ असारमा गा“उ सहरमा बिकास हुनुले खुसी भन्दा दुःखी हुनुपर्ने अवस्था आएको छ । किनभने जनताले तिरको करको एक महिनामा सदुपयोग हैन, दुरुपयोग हुने गरेको छ । असारमा मात्र हुने बजेट खर्चलाई १२ महिना काम हुनेगरी बजेट बिनियोजनको लागि तत्काल काम थाल्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com