ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोहीको बासस्थान र प्रजनन प्रक्रियाबारे अनुगमन


bhawani desk

चितवन, ७ असार । वर्षा शुरु भएसँगै खोला नदीमा बाढी आउँदा संकटापन्न अवस्थामा रहेको घडियाल गोहीको बासस्थानको अवस्था र प्रजनन प्रक्रियाका बारेमा अनुगमन गर्न थालिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्रको गोही प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्कासहितको टोलीले तीन दिनयता राप्ती नदी र नारायणी नदीमा अनुगमन गरिरहेको छ ।

खड्काका अनुसार धमिलो पानीमा गोहीको आनीबानी कस्तो रहन्छ र उसको आहारको अवस्था के छ भन्नेबारेमा प्रत्यक्षरुपमा अनुगमन गरिएको छ । राप्ती नगरपालिकाको पिप्लेबाट राप्ती नदीमा खड्काको टोलीले ¥याफ्टिङ बोटमा बसेर अनुगमन गरेको हो । सोही क्रममा यसअघि गोहीको अण्डा संकलनका क्रममा छाडिएका गुँडहरुमा अण्डाबाट गोहीका बच्चा कोरलिए नकोरलिएको पनि हेरिएको उहाँले बताउनुभयो ।

नारायणीमा छोडिएकामध्ये एउटा गुँडमुनिबाट पानी बगेपछि अण्डा बिग्रिएको र दुई वटामा ५० वटा जति बच्चा कोरलिएको उहाँले बताउनुभयो । अन्य दुई गुँड भने हराएको उहाँले जानकारी दिनुभयो ।

सोही समयमा राप्तीमा सात र नारायणीमा दुई गुँडबाट अण्डा संकलन गरिएको थियो । ती अण्डा प्रजनन् केन्द्र कसरामा राखिएकामा २०० जति बच्चा कोरलिएको उहाँले बताउनुभयो । पानी धमिलो हुँदा यो मौसममा धेरै गर्मी हुने भएकाले गोहीलाई आहार बढी चाहिने हुन्छ । बाढीले माछालाई बगाउने हुँदा धमिलो पानीभित्र अधिकांश गोही शिकारमा व्यस्त हुने गरेको पाइएको खड्काले बताउनुभयो । जाडो महिनामा नदी किनारमा सुस्ताउने गोही अहिले भने पानीभित्र व्यस्त रहेको पाइएको छ ।

गोहीले धमिलो पानीमा पनि आँखा देख्ने भए पनि माछाले नदेख्ने हुँदा गोहीलाई शिकार गर्न भने सहज भएको देखिएको छ । खड्काले राति पनि नदीको बगरमा नै बसेर अनुगमन गरिएको र अझै केही दिन लाग्ने बताउनुभयो ।

हालसम्म नारायणी र राप्ती नदीमा एक हजार ३६५ वटा घडियाल गोही छोडिसकिएको छ । तीनै नदीमा अण्डा संकलन गरी प्रजनन केन्द्रमा बच्चा हुर्काएर नदीमा छाडिँदै आएको छ । तर गत वर्षको गणनाअनुसार नारायणी र राप्ती नदीमा गरी १६६ वटा गोही मात्रै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com