ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इँटाभट्टाबाट फर्काइएका बालबालिका विद्यालयमा


bhawani desk
असार ७, २०७५ बिहीबार  १० : ४४ बजे

रोल्पा, ७ असार । गरिबीका कारण विद्यालय जान नपाएका, श्रमका लागि इँटाभट्टा गएका तथा अपांगता भई विद्यालय जान कसैको सहयोग नपाएका रोल्पाका ३०० भन्दा बढी बालबालिका विद्यालयको पहुँचमा पुगी नियमित पठनपाठनमा लागेका छन् ।

विद्यालय बाहिर रहेका त्यस्ता बालबालिकामध्ये केहीलाई वैकल्पिक शिक्षा दिएर कक्षा ३ सम्म भर्ना गरिएको छ भने अधिकांश कक्षा १ मा भर्ना भई नियमित पठनपाठनमा लागेका छन् ।

जिल्लाको रुन्टीगढी, माडी, त्रिवेणी, सुनिल स्मृति गाउँपालिका र रोल्पा नगरपालिकामा ती विद्यार्थी विद्यालय बाहिर रहँदै आएका थिए । सेभ द चिल्ड्रेनले मानवअधिकार सचेतन केन्द्रसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरिरहेका ती स्थानीय तहमा विद्यालय बाहिर रहेका विद्यार्थी विद्यालयको पहुँचमा पुगी नियमित पठनपाठनमा लागेको बताइएको छ ।

गरिबी मुख्य कारण रहेका ती बालबालिकालाई नियमित विद्यालय जाने वातवारण बनाउन विद्यालय पोशाक, झोला, शैक्षिक सामग्री सहयोग गरिएको सेभ द चिल्ड्रेनका दिलकमल क्षेत्रीले जानकारी दिनुभयो । उनीहरुका अभिभावकलाई समेत आयआर्जनका क्रियाकलापमा सहयोग गरेका छौँ, क्षेत्रीले भन्नुभयो ।

अघिल्लो शैक्षिक सत्रमा समेत ती स्थानीय तहमा विद्यालय बाहिर रहेका ४०० भन्दा बढी बालबालिकालाई विद्यालय भर्ना गरिएको थियो । अघिल्लो वर्ष भर्ना भएका सबै बालबालिकाले नियमित अध्ययन गरिरहेको क्षेत्रीले जानकारी दिनुभयो ।

विद्यार्थीको पठनपाठन सहजताका लागि आफूहरुले कार्यक्षेत्रका १३० विद्यालयमा कक्षा व्यवस्थापनसमेत गरेको मानवअधिकार सचेतन केन्द्र, रोल्पाले जानकारी दिएको छ ।

बालबालिकाको कक्षा व्यवस्थापनका लागि कार्पेट, कुशन, राउण्ड टेबुल, ¥याकलगायतका सामान सहयोग गरेका छौँ मानवअधिकार सचेतन केन्द्र, रोल्पाका शिक्षा अधिकृत प्रमिला घर्तीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com