ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पमा आमा गुमाएका तीन बालबालिकालाई राहत


bhawani desk

चरिकोट, ५ असार। विसं २०७२ बैशाख २९ गतेको भूकम्पमा आमाको मृत्यु भएका एकै परिवारका तीन बालबालिकालाई नगदसहित पाठ्य सामग्री र झोला प्रदान गरिएको छ ।
राष्ट्रिय समाचार समितिका जिल्ला समाचारदाता र गोकर्णप्रसाद भण्डारी आफ्नै पहलमा संकलन गर्नुभएको रु ६० हजारसहित पाठ्य सामग्री र स्कूल झोला आज हिमालय मावि चिलंखामा विद्यालयका शिक्षक–शिक्षिका र वडाध्यक्ष मधुकर गुरुङको रोहबरमा ती बालबालिकाका बुबा कृष्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको हो ।

पत्रकार भण्डारीले आमाको मृत्यु भएको र बुबाको शारीरिक अवस्था कमजोर भएका कारण उनीहरुका तीन छोराछोरीको पढाइ नबिग्रियोस् भनेर सहयोगका लागि पहल गरेको बताउनुभयो ।

उक्त कार्यका लागि अल्पाइन पब्लिक स्कूल चरिकोटका प्रिन्सिपल उद्धव थापाले रु १७ हजार ५००, द राइजिङ स्टार बोर्डिङ स्कूलका प्रिन्सिपल उपेन्द्र अधिकारीले रु १७ हजार, झापा दमक नगरपालिका घर भएका भीमेश्वर नगरपालिकाका स्रोत व्यक्ति सोम तिवारीले १५ हजार, कालिञ्चोक गाउँपालिका वडा नं ८ सुनखानी मलेपुकी समाजसेवी बिन्दिया खड्काले रु पाँच हजार, शैलुङ गाउँपालिका वडा नं ६ भुसाफेदाकी अहेव शशी लामाले रु पाँच हजार र पाठ्य सामग्री, गोरखा जिल्ला पालुङ्टार घर निवासी हाल चरिकोटमा स्टेशनरी व्यवसाय सञ्चालन गर्दै आउनुभएकी आचार्य बुक्स एण्ड स्टेशनरीकी सकुन्तला आचार्यले एक वर्षका लागि कापी र कलमसहिका सामग्री र चरिकोट सातदोबाटो चोकमा रोयल क्याफेका सञ्चालक पुस्कर अधिकारीले झोला प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com