ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो छ प्रधानमन्त्रीको चीन भ्रमणको तालिका (भ्रमण टोलीमा को– को छन् )


एबीसी न्यूज

काठमाडौं, ३१ जेठ।  प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारीक भ्रमणका लागि असार ५ गते त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको ६ दिने औपचारिक भ्रमणको तालिका दुवै देशले बुधबार सार्वजनिक गरेका हुन् ।

परराष्ट्र मन्त्रालयद्वारा सार्वजनिक तालिकामा भ्रमण टोलीमा प्रधानमन्त्री पत्नीसहति गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, सांसद, सरकारी अधिकारी रहने उल्लेख छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङका साथै चिनियाँ समकक्षी ली खछ्याङलगायत नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भए पनि विज्ञप्तिमा सीसँग हुने भेट बारे उल्लेख गरिएको छैन ।
नेपाली पक्षले सीसँगको भेटबारे उल्लेख नगरे पनि चिनियाँ पक्षले राष्ट्रपतिसँग भेट हुने जनाएको छ । प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ जान लागेका ओलीले सीसँग भेट गर्ने तय भएको बेइजिङमा हुने नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ स्वाङले बुधबार बताएका हुन् ।

भ्रमणका क्रममा नेपाल र चीनबीच केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ओलीले बेइजिङमा नेपाल–चीन बिजनेस फोरम र थिंक ट्यांकलाई सम्बोधन गर्नु हुने छ । यस्तै ल्हासा भ्रमण र नेताहरूसँगको भेटवार्ता गर्ने तयारी पनि छ ।

परराष्ट्र अधिकारीका अनुसार बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफलका साथै परियोजनाहरूसम्बन्धी दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

पुल निर्माण, राजमार्ग प्रयोग, हवाई रुट, नेपालमा रेल मार्ग जोड्ने, जलविद्युत् तथा पूर्वाधारमा लगानी, सडक सञ्जाल, नाका सुदृढीकरण, सीमा सुरक्षा, तेल भण्डारण र चीनको बन्दरगाह प्रयोगलगायत विषयमा प्रोटोकल एवं समझदारी कायम हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com